सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाका कायममुकायम प्रधान सेनापति तोक्नु भएको

आज मिति २०७४ साल असार १४ गते बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको Chief of Defence Conference र सो पश्चात बेलायतको सेनाध्यक्षको ‌औपचारीक निमन्त्रणामा सहभागी हुन मिति २०७४/०३/१६ गते संयुक्त राज्य अमेरिकातर्फ र मिति २०७४/३/२६ देखि बेलायततर्फ प्रस्थान गरी मिति २०७४/०३/३१ मा स्वदेश फर्कनु हुने भएकोले प्रधान सेनापतिको अनुपस्थिति अवधिभर सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाली सेनाका व्य.नं. ११८१ बलाधिकृत रथी बलदेवराज महतलाई कायममुकायम प्रधान सेनापति  तोक्नु भएको भएको छ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता