सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बङ्गलादेशका सेना प्रमुखबाट शिष्टाचार भेट

आज मिति २०७४ साल जेठ २४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका बंगलादेशका सेना प्रमुख Abu Belal Muhammad Shafiul Huq, ndc, psc  बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपालस्थित बङ्गलादेशका राजदूतको पनि उपस्थिति थियो । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनिर्वाचित सम्माननीय प्रधानमन्त्रीज्यू, नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यूहरु र नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल जेठ २४ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवाज्यूले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आजै, सम्माननीय राष्ट्रपतिज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यूहरु तथा माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम उपप्रधानमन्त्री तथा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय कायम मुकायम प्रधानन्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, निवर्तमान प्रधानमन्त्रीज्यू, व्यवस्थापिका-संसदका विपक्षी दलका नेताज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, पूर्व सभामुखज्यूहरु, व्यवस्थापिका-संसदका विभिन्न समितिका माननीय सभापतिज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट वृक्षा रोपण

आज मिति २०७४ साल जेठ २२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले  विश्‍व वातावरण दिवस 5 जुन 2017 को अवसरमा राष्ट्रपति भवन, शीतलनिवास परिसरमा वृक्षारोपण गर्नु भयो । सो अवसरमा राष्ट्रपति कार्यालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति थियो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल जेठ २२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. गणतन्त्र टर्की H.E. Mr. Sakir Ozkan Torunlar गैरआवासीय 2. मोरक्को H.E. Mr. Mohammed Maliki गैरआवासीय 3. होली सी H.E. Mr. Archbishop Giambattista Diquattro गैरआवासीय   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जर्मनीका राजदूतबाट बिदाई भेट

आज मिति २०७४ साल जेठ १८ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित जर्मनीका राजदूत H.E. Mr. Matthias Meyer ले शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट महामहिम राजदूतले नेपालमा रही निर्वाह गर्नुभएको भूमिकाप्रति महामहिम राजदूतलाई धन्यवाद समेत दिनुभयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । (प्रल्हाद प्रसाद पुडासैनी) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि बढाउन आह्वान

आज मिति २०७४ साल जेठ १८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ (सात) दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई सम्वत् २०७४ साल जेठ ११ गते बिहीबारका दिन आह्वान गरिएकोमा उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि वढाउनको लागि आह्वान गर्नुभएको छ । (मोहनप्रसाद वाग्ले) प्रवक्ता