सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त मन्त्रीबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल साउन १५ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्री श्री योगेशकुमार भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।    (छविन्द्र पराजुली)     प्रवक्ता

राष्ट्रिय समावेशी आयोगका अध्यक्षपदबाट लिखित राजीनामा

आज मिति २०७६ साल साउन १० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७६/४/१२ गतेदेखि लागू हुने गरी राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पदबाट लिखित राजीनामा दिनु भएको छ ।  (छविन्द्र पराजुली)  प्रवक्ता

सम्माननीय राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल असार 30 गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम 1 विनियोजन विधेयक, २०७६ 2 आर्थिक विधेयक, 2076 3 राष्ट्र ऋण उठाउने विधेयक, 2076 4 ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, 2076    (छविन्द्र पराजुली)  प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल असार 3० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १ गणतन्त्र युगाण्डा H.E. MS. DINAH GRACH AKELLO गैरआवासीय २ बोस्निया एण्ड हर्जगोभिना H.E. MR. MUHAMED CENGIC गैरआवासीय ३ गणतन्त्र माली H. E. MR. SEKOU KASSE गैरआवासीय ४ गणतन्त्र साईप्रस H.E. MR. AGIS Read More …

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुँदै शोक सन्तप्त परिवारमा सहानुभूतिसहित हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूले प्राकृतिक विपद्को यस दुःखद् घडीमा पीडितहरूको उद्दार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका  संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्दार तथा राहत कार्यमा संलग्न हुन हार्दिक आव्हान गर्नुभएको छ । साथै उहाँले भविष्यमा Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल असार २३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत श्री निलाम्बर आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।   (छविन्द्र पराजुली)        प्रवक्ता