राष्ट्रिय समावेशी आयोगका अध्यक्षपदबाट लिखित राजीनामा

आज मिति २०७६ साल साउन १० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७६/४/१२ गतेदेखि लागू हुने गरी राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पदबाट लिखित राजीनामा दिनु भएको छ ।

 (छविन्द्र पराजुली)

 प्रवक्ता