सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त मन्त्रीबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल साउन १५ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्री श्री योगेशकुमार भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

   (छविन्द्र पराजुली)

    प्रवक्ता