गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल असार २३ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत श्री निलाम्बर आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

  (छविन्द्र पराजुली)     

  प्रवक्ता