सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय बाघ दिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय बाघ दिवस, २०७७ को शुभकामना सन्देश सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरे अनुरुप आज श्रावण १४ गते तदनुसार २९ जुलाई, २०२० का दिन नेपालमा पनि यो दिवस मनाउन गइरहेका छौं । आजको दिन बाघ लगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्नेछ भन्‍ने अपेक्षा गरेको छु । बाघ संरक्षणको लागि घाँसे मैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमित रूपमा गस्ती, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिक रूपमा यसको संख्या यकिन तथा अनुगमन Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७७ साल साउन १३ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक २ संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

  आज मिति २०७७ साल असार ३१ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७५/०७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट सु-शासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकास निर्माणका कार्य समयमा नै सम्पन्‍न गराउन महालेखापरीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व रहेको कुरा व्यक्त गर्नु भयो । आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय संकल्प पुरा गर्न मद्दत पुग्ने Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सार्कका नवनियुक्त महासचिवबाट शिष्टाचार भेट

  आज मिति २०७७ साल असार २३ गते, मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव H.E. ESALA RUWAN WEERAKOON ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र यस संगठनको महत्वका बारेमा सम्माननीय राष्‍ट्रपतिज्यूले जोड दिनुभएको थियो ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे चासो व्यक्त

असार २६ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज राष्ट्रपति भवनमा गृह मन्त्रालयका सचिव श्री महेश्वर न्यौपाने, गृहमन्त्रालय अन्तर्गतको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक श्री अनिल पोखरेल सहितका पदाधिकारीहरूसँग मनसुनजन्य विपद्को सामना गर्नका लागि गरिएका पूर्व तयारी, हालैका दिनमा विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट भएका क्षति तथा प्रभावितहरूको उद्धार, राहत तथा पुनः स्थापनाबारे भएका कामहरूबारे चासो व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले हालैका दिनमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उक्त अवसरमा राष्ट्रपतिज्यूले भूकम्प, महामारी जस्ता आकस्मिक र बाढी, पहिरो, डुबान र आगलागी जस्ता मौसमी प्रकृतिका विपत्तीहरूको जोखिम न्यूनीकरणका लागि नेपाल Read More …