सम्माननीय राष्ट्रपतिज्यूबाट मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’bout चासो व्यक्त

असार २६ गते, काठमाडौँ ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज राष्ट्रपति भवनमा गृह मन्त्रालयका सचिव श्री महेश्वर न्यौपाने, गृहमन्त्रालय अन्तर्गतको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक श्री अनिल पोखरेल सहितका पदाधिकारीहरूसँग मनसुनजन्य विपद्को सामना गर्नका लागि गरिएका पूर्व तयारी, हालैका दिनमा विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट भएका क्षति तथा प्रभावितहरूको उद्धार, राहत तथा पुनः स्थापना’bout भएका कामहरू’bout चासो व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले हालैका दिनमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।
उक्त अवसरमा राष्ट्रपतिज्यूले भूकम्प, महामारी जस्ता आकस्मिक र बाढी, पहिरो, डुबान र आगलागी जस्ता मौसमी प्रकृतिका विपत्तीहरूको जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, गृह मन्त्रालय र प्राधिकरणले गरेको पूर्वतयारी र उद्धार तथा राहतका लागि गरेका प्रयत्नहरूको प्रशंसा गर्नु भयो । सम्माननीयज्यूले प्रकोप जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरूसँगको समन्वयमा आवश्यक प्रविधि र उपकरणहरूको समुचित प्रबन्ध गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभयो । यसैगरी उहाँले दिगो विकासलाई ख्याल नगरिकन प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले पनि प्राकृतिक विपद्को जोखिमलाई बढाएको कुरा उल्लेख गर्नुहुँदै सम्बन्धित विशिष्टीकृत निकायको अध्ययन र सुझावको आधारमा सडक, आवास तथा वस्ती निर्माण गर्नुपर्ने कुरामा सम्बन्धित निकायको ध्यान आकृष्ट गराउनु भयो ।
त्यस अवसरमा सम्माननीयज्यूले कोभिड १९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्नुहुँदै कोरोना महामारी रोकथाम र नियन्त्रणमा अझ बढी सफलताका लागि सम्बद्ध सबै पक्ष थप समन्वयात्मक रूपमा अग्रसर हुनुपर्ने कुरा बताउनु भयो ।