सूचना, सञ्‍चार तथा समन्वय महाशाखा

राष्ट्रपतिको कार्यालयका कामहरू मध्ये सूचना, सञ्‍चार तथा समन्वय सम्बन्धी कार्यहरू यस महाशाखाले गर्दछ ।

  • सम्माननीय राष्ट्रपतिले दिनु हुने सन्देश र शुभकामनाको मस्यौदा तयार गर्ने
  • विभिन्न कार्यक्रमको समन्वय र आवश्यक श्रोतका लागि समन्वय गर्ने
  • राष्ट्रपतिको कार्यालयको वेवसाईट अद्यावधिक सम्बन्धी सम्पूर्ण गर्ने
  • सम्माननीय राष्ट्रपतिज्यूबाट भएका कार्यहरूको विज्ञप्तिहरू जारी गर्ने
  • कार्यालयमा आयोजन हुने कार्यक्रम तथा समारोहमा सूचना संचार सम्बन्धीको व्यवस्थापन गर्ने
  • आवश्यकता अनुसार सञ्चार माध्यमहरुसँग सम्पर्क र समन्वय गर्ने ।
  • पुस्तकालय तथा अर्काइभ व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • सम्माननीय राष्ट्रपतिज्यूसँग विभिन्न व्यक्तित्वको भेटघाट तथा कार्यालयमा आयोजना हुने कार्यक्रम समारोहमा तस्विर खिच्ने व्यवस्था मिलाउने तथा प्रत्येक कार्यक्रमको फोटो तथा भिडियोहरूको संकलन गर्ने ।
  • प्रत्येक तीन/तीन महिनामा सूचनाको हकसम्बन्धी विवरण अद्यावधिक गरी प्रकाशन गर्ने
  • बुलेटिन प्रकाशन गर्ने