नेपाली सेना परिचालन स्वीकृति प्रदान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१/१/१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१/१/१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको २०८१/१/१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ। २०८१ साल वैशाख १३ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू र मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच शिष्टाचार भेटवार्ता

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेटवार्ता भयो। सो अवसरमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भयो। २०८१  साल वैशाख ११ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

महालेखापरीक्षक पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवैधानिक परिषद्को सिफारिसमा श्री तोयम राया, मोरङलाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ । २०८१ साल वैशाख ६ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राष्ट्रिय सभा सदस्य मनोनीत

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा डा. अन्जान शाक्य, काठमाडौंलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ। २०८१ साल वैशाख ६  गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८०/१२/३० २०८० साल चैत ३० गते शुक्रबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालज्यू समक्ष राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७क. को अनुसूची २ बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री विमला घिमिरेज्यूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राष्ट्रियसभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ। २०८० साल चैत २८ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा एवम् सुशासन (व्यवस्थापन तथा सञ्‍चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो। सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । २०८० साल चैत २१ गते बुधबार । (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०/१२/१६ २०८० साल चैत १६ गते शुक्रबार ।   (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

राज्यमन्त्री पदमा नियुक्त गरी कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री दीपक कार्कीज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । २०८० साल चैत १२ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. थाईलैण्ड अधिराज्य H.E. Mr. Suwapong Sirisorn आवासीय २. गणतन्त्र पोर्चुगल H.E. Mr. Joao Manuel Mendes Ribeiro de Almeida गैरआवासीय ३. गणतन्त्र भेनेजुएला H.E. Ms. Capaya Rodriguez Gonzalez गैरआवासीय ४. मंगोलिया H.E. Mr. Ganbold Dambajav गैरआवासीय २०८० साल Read More …