प्रदेश प्रमुखमा नियुक्त तथा शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका महानुभावहरूलाई देहायका प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नाम थर प्रदेश १ श्री सुमित्रा सुवेदी भण्डारी, झापा मधेश प्रदेश २ श्री डिल्लीराज भट्ट, कैलाली गण्डकी प्रदेश ३ श्री नजिर मियाँ, अर्घाखाँची सुदूरपश्चिम प्रदेश आजै, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त माननीय प्रदेश प्रमुखज्यूहरूले आ-आफ्नो प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । २०८० साल फागुन ३० गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रदेश प्रमुखहरूको पदमुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नाम थर प्रदेश १ श्री हरिशंकर मिश्र मधेश प्रदेश २ श्री पृथ्वीमान गुरुङ गण्डकी प्रदेश ३ श्री देवराज जोशी सुदूरपश्चिम प्रदेश  २०८० साल फागुन ३० गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नवनियुक्त राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत श्री भरतराज पौडेलले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। २०८० साल फागुन ३० गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

राष्ट्रियसभाको अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७क. को अनुसूची २ बमोजिम नवनिर्वाचित राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालज्यूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राष्ट्रियसभाको अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ। २०८० साल फागुन २९ गते मङ्‌गलबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री  २. श्री रघुबीर महासेठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात  ३. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री परराष्ट्र ४. श्री रवि लामिछाने उपप्रधानमन्त्री गृह  ५. श्री उपेन्द्र यादव उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या  ६. श्री वर्षमान पुन मन्त्री अर्थ  ७. श्री शक्तिबहादुर बस्नेत मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ ८. श्री भानुभक्त जोशी मन्त्री सङ्घीय मामिला Read More …

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मिति २०७९ साल पुस ११ गते सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ज्यूको  नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  1. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री वन तथा वातावरण र स्वास्थ्य तथा जनसङ्ख्या  2. श्री रघुबीर महासेठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात  3. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री परराष्ट्र 4. श्री रवि लामिछाने उपप्रधानमन्त्री गृह  5. श्री वर्षमान पुन मन्त्री अर्थ  6. श्री शक्तिबहादुर बस्नेत मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ Read More …

मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री अर्थ; उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाइ; कानून, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपन्छी विकास; खानेपानी; गृह; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार Read More …

संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना अन्तर्गत US Indo-Pacific Command का  Commander  बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना अन्तर्गत US Indo-Pacific Command का  Commander  Admiral John C. Aquilino ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र संयुक्त राज्य अमेरिका बीच कूटनैतिक सम्बन्ध स्थापना भए पश्‍चात दुई देश बीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकोमा खुशी व्यक्त गर्दै विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्र संघको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकको रूपमा रहेको कुराले गौरवान्वित भएको बताउनु भयो। २०८० साल फागुन १४ गते सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका सम्माननीय अध्यक्ष श्री विश्वम्भरप्रसाद श्रेष्ठज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०८० साल फागुन ९ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल माघ २९ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता