नवनियुक्त राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत श्री भरतराज पौडेलले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

२०८० साल फागुन ३० गते बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता