राष्ट्रपतिको कार्यालयले सम्पादन गर्ने कार्यहरू

विद्यमान संवैधानिक र कानूनी व्यवस्था, कार्यालयमा उपलब्ध अभिलेख र व्यवहारिक रुपमा गरिआएका कामहरूको आधारमा यस कार्यालयबाट तपशिल बमोजिमका कार्यहरू सम्पादन हुदैँ आएका छन् :-

  • सम्माननीय राष्ट्रपतिज्यू संलग्न रहनुहुने औपचारिक/अनौपचारिक कार्यक्रमहरूको व्यवस्थापन र समन्वय गर्ने,
  • सम्माननीय राष्ट्रपतिज्यूबाट हुने सम्बोधन, शुभकामना सन्देश आदि तयार गर्ने,
  • सम्माननीय राष्ट्रपतिज्यूको स्वदेशी तथा विदेशी व्यक्तित्व भेटघाटको व्यवस्थापन गर्ने,
  • सम्माननीय राष्ट्रपतिज्यूलाई सम्बोधन गरी प्राप्त निवेदन तथा ज्ञापन पत्रहरूको अध्ययन, विश्लेषण गरी प्रतिक्रिया/जवाफ दिने,
  • विधेयक प्रमाणीकरण तथा अध्यादेश जारी गर्ने सम्बन्धी कार्य,
  • सम्माननीय राष्ट्रपतिज्यूबाट हुने संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीहरूको नियुक्ति, शपथ र प्रतिवेदन ग्रहण आदि कार्यक्रमहरूको व्यवस्थापन सम्बन्धी कार्य,
  • नेपाली राजदूतको नियुक्ति र शपथ सम्बन्धी कार्य,
  • विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र ग्रहण सम्बन्धी कार्यक्रम व्यवस्थापन गर्ने,
  • सम्माननीय राष्ट्रपतिज्यूको स्वदेश तथा वैदेशिक भ्रमणको व्यवस्थापन सम्बन्धी कार्य,
  • राष्ट्रपति कार्यालयसँग सम्बन्धित महत्वपूर्ण गतिविधिहरूलाई प्रेस विज्ञप्तिमार्फत सञ्चार माध्यमबाट सार्वजनिक गर्ने,
  • कार्यालयसँग सम्वद्ध बिषयमा अदालतमा पर्ने निवेदनहरूमा लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धी कार्य,
  • सजाय माफी, विभूषण तथा अलङ्कार प्रदान सम्बन्धी कार्य,
  • राष्ट्रपति कार्यालय सम्वद्ध अन्तर्राष्ट्रिय सम्बन्ध तथा समन्वय एवम् पत्राचार सम्बन्धी कार्य,
  • कार्यालयको दैनिक रुपमा सम्पादन गर्नुपर्ने प्रशासनिक कार्यहरू,
  • सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख प्रशासकीय निकायका रुपमा गर्नुपर्ने अन्य आवश्यक कार्यहरू,
  • कार्यालयको वार्षिक कार्यक्रमको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण सम्बन्धी कार्यहरू,
  • सम्माननीय राष्ट्रपतिज्यूबाट हुने आदेश/निर्देशन बमोजिमका अन्य कार्यहरू ।