सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्चमीको अवसरमा दिनु भएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश मार्ग शुक्ल पञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रम मुख्य आकर्षण मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजा सहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै यस क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्‍भाव, Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा दिनु भएको सन्देश

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७९ को सन्देश महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान,२०७९ को अवसरमा विश्‍वभर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्‍वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । यस अभियानलाई नेपालमा पनि ‘सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरूद्धको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन २०७९ को अवसरमा दिनुभएको सन्देश

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन, २०७९ को सन्देश आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू‚ भोलि मङ्सिर ४ गते आइतबार देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमश: जनउत्तरदायी हुँदै जान्छन् । यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ । जनताले निर्वाचित Read More …

सम्मानीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूले भाष्कर तेजश्री स्मृति प्रतिष्ठानद्वारा आयोजित तेजश्री स्कूल नवयुवा यौन दुर्व्यहार प्रतिरोध सशक्तीकरण पहल अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा गर्नु भएको सम्बोधन

भाष्कर तेजश्री स्मृति प्रतिष्ठानका संरक्षक डा. भेष बहादुर थापाज्यू‚ अध्यक्ष डा. रिता थापाज्यू  एवं पदाधिकारीहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू उपस्थित भद्र महिला तथा सज्जनवृन्द, भाष्कर तेजश्री स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सहभागी भएर तपाईँहरूसँग सात्क्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । म तपाईँहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्दछु । मानवअधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने दिवंगत तेजश्री थापाको योगदानको स्मरण गर्दै आयोजना गरिएको यो कार्यक्रमले नेपाल लगायत विश्वका विभिन्न देशमा महिला हिंसाविरुद्ध उहाँले गर्नु भएका कार्यलाई थप चिनाउने मैले विश्वास लिएको छु । वर्तमान विश्वमा मानव विकासलाई अवरोध गर्ने प्रमुख चुनौतिको रूपमा रहेको लैङ्गिक विभेदबाट हाम्रो समाज पनि मुक्त रहेको छैन । Read More …

स्वदेश फिर्ता

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू सम्वत् २०७९ साल कात्तिक २१ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा गणतन्त्र आइसल्याण्डतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण पूरा गर्नु भई आज मिति २०७९ साल कात्तिक २६ गते शनिबार स्वदेश फर्कनु भयो । २०७९ साल कात्तिक २६ गते शनिबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले १३८औं फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

१३८औं फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १३८औं फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन Read More …

“रेक्याभिक ग्लोबल फोरम- वुमन लिडर्स”मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले डब्लु.पी.एल. ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नुभएपश्चात गर्नुभएको सम्बोधन

उपस्थित विशिष्ट नेतृत्ववर्ग, महामहिमहरू, भद्र महिला तथा सज्जनवृन्द । सन् २०२२ को प्रतिष्ठित ट्रेलब्लेजर पुरस्कारबाट मलाई सम्मानित गर्नुभएकोमा म विश्व महिला राजनीतिक नेतृत्व मन्चलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरालागि यो ठूलो सम्मानको विषय हो । यस महत्वपूर्ण मन्चमा मैले महिला र छोरीहरूको विविधतापूर्ण उपस्थित पाएको छु।आफ्नै संघर्षको शक्तिबाट अवरोधहरू पार गर्दै नेतृत्वमा पुगेर वर्तमान र भावी पुस्ताका लागि समेत विश्वमा प्रेरणाको स्रोत बनेका महिलाहरू यहाँ हुनुहुन्छ । यस मन्चमा पुरस्कार ग्रहण गरिरहँदा मलाई निकै खुसी लागेको छ र ममा ठुलो जिम्मेवारी बोध भैरहेको छ । विश्व महिला राजनीतिक नेतृत्व मन्चले विभिन्न क्षेत्रका महिला नेतृत्वहरुको संजाल स्थापना गर्न खेलेको भूमिकाको Read More …

“रेक्याभिक ग्लोबल फोरम- वुमन लिडर्स”मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको विशेष सम्बोधन

गणतन्त्र आइसल्याण्डकी प्रथम महिला महामहिम एलिजा जाँ रीड, श्री सिल्भाना कोक-मेहरिन, वुमन पोलिटिकल लिडर्सका अध्यक्ष तथा संस्थापकज्यू, महामहिमहरु, भद्र महिला तथा सज्जनवृन्द। महिला नेतृत्वको यस विश्वव्यापी मञ्चमा  आमन्त्रित गर्नुभएकोमा यहाँहरुलाई धन्यवाद दिन चाहन्छु । नेपाल देखि आइसल्याण्ड आउने मेरो यस यात्राले हामीलाई “तेस्रो ध्रुव”देखि उत्तरी ध्रुवसम्म जोडेको छ । भगवान बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सदभाव लिएर म यहाँ आएको छु । विश्व महिला राजनीतिक नेतृत्व मन्चले “संचार, सम्बन्ध, र समुदाय” को बहुआयामिक प्रयासबाट लैंगिक समानताको नयाँ बाटो तय गर्ने लक्ष्य लिएको छ  । समानता, आवाज, प्रतिनिधित्व र सहभागिताका लागि हामीले गरेको लामो संघर्षका उपलब्धिहरू एक आपसमा साट्ने Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरुनानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ सिख धर्मका प्रवर्तक तथा आदि गुरु गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानक एक समाज सुधारक धार्मिक गुरु हुनुहुन्थ्यो । उहाँले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिको विरूद्ध मानिसहरूलाई सचेत गराउने काम गर्नु भएको थियो । गुरुनानक जयन्तीको अवसरमा आयोजना गरिने विनाभेदभाव नि:शुल्क सामुहिक भोजन गर्न ‘लंगर परम्परा’ लाई यसैको एक कडीको रूपमा लिन सकिन्छ Read More …

कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू Reykjavik Global Forum-Women Leaders कार्यक्रममा सहभागी हुन सम्वत् २०७९ साल कात्तिक २१ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा गणतन्त्र आइसल्याण्डतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ । २०७९ साल कात्तिक २१ गते सोमबार । (सागर आचार्य) प्रवक्ता