सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सोलुखुम्बु जिल्ला, खुम्बु– पासाङल्हामु गाउँपालिका–३, फाक्दिङमा नवनिर्मित हिमालयन शेर्पा हस्पिटलको उद्‌घाटन समारोहमा गर्नुभएको सम्बोधन

खुम्बु–पासाङल्हामु गाउँपालिकाका अध्यक्ष, हिमालयन शेर्पा फाउण्डेशनका अध्यक्ष, हिमालयन शेर्पा फाउण्डेशनका अन्तर्राष्ट्रिय अध्यक्ष, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द । सोलुखुम्बु जिल्लाको खुम्बु–पासाङल्हामु गाउँपालिका स्थित फाक्दिङ गाउँमा हिमालयन शेर्पा फाउण्डन्डेशनद्वारा निर्मित ‘हिमालयन शेर्पा अस्पताल’को उद्‌घाटन समारोहमा सहभागी भई यस खुम्बु क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरूसँग सात्क्षात्कार गर्ने अवसर पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित फाक्दिङ गाउँ सम्पूर्ण सगरमाथा क्षेत्रमा हिमालको अवलोकन, आरोहण, साहसिक खेल तथा विभिन्न वन्यजन्तुको अवलोकनका लागि आउने पर्यटकहरूको लागि मुख्य प्रवेशद्वारको रूपमा रहेको छ । इमान्दारिता, परिश्रम तथा कुशल पर्वतारोहणका कारण विश्वभरि सुपरिचित शेर्पा जातिको बाक्लो बसोबास रहेको र सगरमाथा क्षेत्रमा आउने Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मुक्तिनाथ मन्दिर परिसरमा स्थापित प्रस्तर बुद्धमूर्तिको अनावरण‚ विष्णुमूर्तिको शिलान्यास तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका अवसरमा गर्नुभएको सम्बोधन

मुक्तिनाथ मन्दिरका गुरु लामा मूर्तिकार एवं प्राज्ञ धर्मराज शाक्य वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष गैरआवासीय नेपाली संघका अध्यक्ष एवं निवर्तमान अध्यक्ष राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल एवं पवित्र मुक्तिनाथ मन्दिर परिसरमा स्थापित भगवान बुद्धको प्रस्तर मूर्तिको अनावरण तथा भगवान विष्णुको प्रस्तर मूर्तिको शिलान्यास गर्ने यस कार्यक्रममा सहभागी हुन पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ । यस मन्दिर परिसरमा भगवान विष्णुको प्रतिमा शिलान्यास र भगवान बुद्धको प्रतिमा अनावरण एकैसाथ सम्पन्न गर्न पाउनुलाई मैले एक ऐतिहासिक अवसरको रूपमा लिएको छु । यसबाट हिन्दु र बौद्ध समुदायको साझा आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं Read More …