सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सातौं भूकम्प स्मृति दिवसको अवसरमा दिनु भएको सन्देश

सातौं भूकम्प स्मृति दिवसको सन्देश गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्त्विक एवं ऐतिहासिक सम्पदा‚ सरकारी तथा सार्वजनिक भवन‚ शैक्षिक र स्वास्थ्य संस्थाका भवन‚ निजी आवास‚ सडक र पुल लगायतका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य लगभग सम्पन्न गरिसकेको छ । बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारी समेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको छ । यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत भूकम्पपश्चात्‌को पुनर्निर्माण तथा पुनर्थापनाका कार्यहरूमा सहयोग गर्ने Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल जनप्रशासन संघद्वारा हेमबहादुर मल्ल स्मृति सम्मान, २०७६ वितरण समारोहमा गर्नुभएको सम्बोधन

नेपाल जनप्रशासन संघका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरू, आज सम्मानित हुनुभएका श्री सूर्यनाथ उपाध्याय, यहाँ उपस्थित राष्ट्रसेवकहरू, भद्रमहिला तथा सज्जनवृन्द ! प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक व्यक्तित्व र अनुभवी प्रशासक आवद्ध नेपाल जनप्रशासन संघद्वारा आयोजित सम्मान कार्यक्रममा प्रवुद्ध समुदायसँग अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ । हाम्रो देशका पूर्व प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा स्थापित पुरस्कारबाट आज पुरस्कृत हुनुभएका पूर्व वरिष्ठ प्रशासक श्री सूर्यनाथ उपाध्यायलाई बधाई दिँदै उहाँको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दछु । मलाई आशा छ, श्री उपाध्यायको अनुभव र योदानबाट समाज सेवाका विभिन्न क्षेत्रहरूमा क्रियाशील राष्ट्रसेवकहरूले प्रेरणा लिनु हुनेछ । श्री उपाध्यायले सरकारी सेवामा रहँदा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘श्रीयन्त्र’ पुस्तक सम्बन्धी कार्यक्रममा गर्नुभएको सम्बोधन

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा.जगमान गुरूङ, महेश सन्यास आश्रमका पीठाधीश श्री रमानन्द गिरी, श्रीयन्त्र पुस्तकका लेखक वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल, प्रवुद्ध समुदाय, भद्रमहिला तथा सज्जनवृन्द ! नेपालको राष्ट्रिय झण्डाका वर्तमान स्वरूपको डिजाइनर वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको अथक प्रयासबाट तयार गरिएको ‘श्रीयन्त्र’ पुस्तकका बारेमा चर्चा हुने यस कार्यक्रममा तपाईँहरूसँग अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ । आजको यस पुस्तकका लेखक श्री रिमाललाई हार्दिक बधाई दिँदै उहाँको सुस्वास्थ्य र दीर्घजीवनको शुभेच्छा प्रकट गर्दछु । साथै, यस पुस्तकको प्रकाशिका तथा लेखककी धर्मपत्नी श्रीमती शशी रिमाललाई धन्यवाद भन्न चाहन्छु । हाम्रो मुलुकका राष्ट्रिय महत्वका सम्पदाहरूको वास्तु डिजाइनर श्री रिमालको गहन अनुसन्धानको फलस्वरूप सिर्जना Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल औषधि उत्पादक संघद्वारा आयोजित नेपाल फर्मा एक्स्पो–२०२२ को उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

नेपाल औषधि उत्पादक संघका अध्यक्ष लगायत संघ परिवार, नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्षहरू, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष, राष्ट्रसेवकहरू, विभिन्न मुलुकबाट प्रदर्शनीमा सहभागी हुनुभएका विज्ञ तथा व्यवसायीहरू, सञ्चारकर्मीहरू, भद्रमहिला तथा सज्जनवृन्द ! नेपाल औषधि उत्पादक व्यवसायी संघद्वारा आयोजित यस कार्यक्रममा सहभागी भई तपार्इँहरूसँग अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ । औषधि उत्पादनका क्षेत्रमा हासिल भएको प्रगति, प्रयोग गरिएको नविनतम् प्रविधि तथा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजित यस फर्मा एक्स्पोको सराहना गर्दै सफलताको शुभकामना दिन चाहन्छु । मुलुकको सामाजिक एवं आर्थिक जीवनमा औषधि उत्पादन उद्योगले बहुआयामिक प्रभाव पारिरहेको हुन्छ । मानव जीवनसँग प्रत्यक्ष रूपले र तत्कालै जोडिने भएको हुनाले Read More …

विश्‍व स्वास्थ्य सङ्गठनका महानिर्देशकबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनु भएका विश्‍व स्वास्थ्य सङ्गठनका महानिर्देशक महामहिम Dr. Tedros Adhanom Ghebreyeusus ले राष्ट्रपति भवन, महाराजगञ्‍जमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल तथा विश्‍व स्वास्थ्य सङ्गठनबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भयो । २०७९ साल वैशाख ९ गते शुक्रबार  । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ असोज ३ गतेका अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नुहुने महानुभावहरूलाई विभूषित गर्नुभएको छ । २०७९ साल बैशाख १ गते बिहीबार (सागर आचार्य) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नव वर्ष २०७९ सालको शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

नयाँ वर्ष २०७९ सालको शुभकामना सन्देश नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दछु । हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएका छौँ । तसर्थ नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो । कोभिड–१९ को महामारीले गत वर्ष मुलुकको जनजीवन र अर्थतन्त्रमा चुनौतिहरू थप्यो । अनपेक्षित प्राकृतिक विपद्का कारण जनधनको क्षति हुनका साथै निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरूमा नोक्सानी हुन पुग्यो । नयाँ वर्षको सुरुवात भएको यस अवसरमा हामीले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डरीज्यूले २६२१ औं महावीर जयन्तीको अवसरमा दिनुभएको सन्देश

२६२१ औं महावीर जयन्तीको सन्देश जैन धर्मका प्रवर्तक महावीरको २६२१ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सम्पूर्ण मानव जातिको कल्याणका लागि शान्तिको बाटो देखाउनु हुने महावीरको जन्मजयन्ती हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाल लगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू गरी उत्साहपूर्वक मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग – सत्य, अहिंसा, ब्रह्मचर्य‚ अचौर्य, र अपरिग्रहका सिद्धान्तहरू प्रतिपादन गर्नुभयो र स्वयंले यी सिद्धान्तहरूको पालना समेत गर्नुभयो । उहाँले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नु भयो । यसरी महावीरको Read More …

स्थानीय तहको निर्वाचन कार्यका लागि नेपाली सेना परिचालन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न “स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७८/१२/१७ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८/१२/२४ को सिफारिस बमोजिम सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७८/१२/२९ मा स्वीकृति प्रदान गर्नुभएको छ । २०७८ साल चैत Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. अष्ट्रिया H.E. Mrs. Katharina Wieser गैरआवासीय २. हंगेरी H.E. Mr. Andras Laszlo Kiraly गैरआवासीय ३. अर्जेन्टिना H.E. Mr. Hugo Javier Gobbi गैरआवासीय ४. क्यानडा H.E. Mr. Cameron Dean MacKay गैरआवासीय ५. डोमिनिकन रिपब्लिक H.E. Mr. David Emmanuel Puig Buchel गैरआवासीय २०७८ साल चैत २८ गते सोमबार (सागर आचार्य) प्रवक्ता Read More …