राष्ट्रिय सभा सदस्यमा मनोनीत

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री नारायण प्रसाद दाहाल, चितवनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ । २०७८ साल चैत २५ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री दीपककुमार कार्कीज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल चैत २५ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता  

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला) ज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०७८ साल चैत २४ गते बिहीबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति एवं कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री गोविन्द प्रसाद शर्मा (कोइराला) लाई मन्त्री पदमा नियुक्त गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका माननीय मन्त्री श्री दिलेन्द्रप्रसाद बडूलाई हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी  नियुक्ति एवं कार्यभार तोक्नु भएको छ । २०७८ साल चैत २४ गते बिहीबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ २. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ ३. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ ४. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ ५. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ २०७८ साल चैत्र २२ गते मंगलबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

कार्यभार तोक्नुभएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू  मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय गृहमन्त्री श्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ । २०७८ साल चैत १८ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता