सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

आज मिति २०७५ साल कार्तिक १२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र कतारका महामहिम अमिर (राष्ट्राध्यक्ष) शेख हमाद बीन खालिफा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७५ साल कार्तिक १२ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र कतारतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल कार्तिक ८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई  काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको  थियो ।   तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. अमेरिका H.E. Mr. Randy W. Berry आवासीय २. तान्जानिया H.E. Mr. Baraka Haran Luvanda गैरआवासीय ३. माल्टा H.E. Mr. Stephen Borg गैरआवासीय ४. क्रोयशिया H.E. Mr. Petar Ljubicic गैरआवासीय   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरूको महान चाड बडादशैँका अवसरमा दिनुभएको शुभकामना सन्देश ।

नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रुपमा मनाउने गरिएको विजया दशमीले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो साँस्कृतिक बैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्‍भाव र आत्मीय भातृत्व अभिबृद्धिमा ठूलो Read More …

प्रेस नोट

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं, २०७५ को अवसरमा मिति २०७५ कात्तिक २ गते शुक्रबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय प्रदेश प्रमुखज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय न्यायाधीशज्यूहरु, संघीय-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरु तथा निजामती, जंगी, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकहरुलाई अपरान्ह १:०० बजे देखि २:०० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २:०० बजे देखि ४:०० बजे सम्म टीकाको कार्यक्रम रहेको हुँदा सो दिन शीतलनिवासको गेट नं. १ को ढोका खुल्ला रहने व्यहोरा जानकारीको लागि अनुरोध छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल असोज २५ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७४/०७५ मा सम्पादन गरिएका कार्यहरु तथा सुझावसहित समावेश भएको उनन्साठीऔं वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा लोक सेवा आयोगका माननीय सदस्यहरु लगायत राष्ट्रपतिको कार्यालयका एवम् लोक सेवा आयोगका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असोज २३ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका राजदूत H.E. Masamichi  Saigo ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा जापान र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु एवम् जापानी राजदूतावासका अधिकारीहरुको समेत उपस्थिति थियो ।  (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७५ साल असोज २३ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत H.E. Mr. Adam Burakowski ले शिष्टाचार भेट  गर्नुभयो । सो अवसरमा पोल्याण्ड र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु एवम् पोल्याण्ड सरकारका अधिकारीहरुको समेत उपस्थिति थियो । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७५ साल असोज २२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूको हालै सम्पन्न संयुक्त राष्ट्र संघको ७३औं महासभामा सहभागिता एवम् मित्रराष्ट्र कोष्टारिकाको औपचारिक भ्रमण सम्बन्धमा भएका आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भयो । सो अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीप कुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।  (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

जितिया पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपाली महिलाहरुले पारिवारिक सुख, खुशीयाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक पर्व जितियाको सुखद् अवसरमा जितिया पर्व मनाउन हुने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति एवम् समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा महिलाहरुले आफ्नो परिवारजनको सुस्वास्थ एवम् समृद्धिका लागि ब्रत बसेर पूजा आराधना गर्ने गर्दछन् । विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‍भाव कायम गर्न सहयोग पुर्‍याइरहेका यस्ता चाडपर्वहरु मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ । बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने बिभिन्न चाडपर्वहरुले आफ्नै मूल्य र मान्यताहरु सहित संस्कृति, कला, भेषभूषा, गीतसंगीतलाई संरक्षण गर्ने कुरा Read More …