सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २१औं राष्ट्रिय धान दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश
२१ औं राष्ट्रिय धान दिवस, २०८१ को शुभकामना सन्देश २१ औं राष्ट्रिय धान दिवस, २०८१ को अवसरमा सम्पूर्ण नेपाली कृषक दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले विक्रम सम्वत् २०६१ देखि प्रत्येक वर्ष आषाढ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिनु खुशीको विषय हो । यस वर्ष ‘‘जलवायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि’’ भन्ने राष्ट्रिय नाराका साथ २१ औं राष्ट्रिय धान दिवस, २०८१ मनाइरहेका छौँ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान Read More …