सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्तज्यू लगायत माननीय निर्वाचन आयुक्तज्यूहरुबाट भेट

आज मिति २०७३ साल चैत्र १८ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यू लगायत माननीय निर्वाचन आयुक्तज्यूहरुले भेट गर्नुभयो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले सम्वत् २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारी सम्बन्धी विषयमा जानकारी गराउनु भएको थियो । (मोहनप्रसाद वाग्ले) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७३ साल चैत्र १७ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको मिति २०७३/१०/१७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) विधेयक, २०७३“ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । (मोहनप्रसाद वाग्ले) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

आज मिति २०७३ साल चैत्र १६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट भारतीय सेनाका स्थल सेनाध्यक्ष General Bipin Rawat लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभयो । उक्त समारोहमा माननीय रक्षा मन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपालका लागि भारतका राजदूत, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीहरु, उपरथीहरु, भारतीय सेनाका पदाधिकारीहरु लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७३ साल चैत्र १३ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. गणतन्त्र भारत H.E. Mr. Manjeev Singh Puri आवासीय 2. दक्षिण अफ्रिका H.E Ms. Robina Patricia Marks गैरआवासीय (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका रक्षामन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र ११ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री General CHANG Wanquan बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपालस्थित चीनका राजदूतको पनि उपस्थिति थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल चैत्र ११ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको मिति २०७३/१२/७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३ २. गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्‌ख्या निर्धारण विधेयक, २०७३ (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्र संघका उपमहासचिवबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र १० गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त राष्ट्र संघका उपमहासचिव तथा UNOHRILLS का उच्चायुक्त  महामहिम श्री ज्ञानचन्द्र आचार्यले शिष्टाचार भेट गर्नुभयो । (कुल प्रसाद चुडाल) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बंगलादेशका संसदका सभामुखबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र १० गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका बंगलादेशका संसदका सभामुख महामहिम Dr. Shirin Sharmin Chaudhury बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपालस्थित बंगलादेशका राजदूतको पनि उपस्थिति थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल चैत्र ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई चेक गणतन्त्र, पोल्याण्ड र स्लोभाक गणतन्त्रका लागि,  जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा कार्यरत श्री लीलामणि पौड्याललाई गणतन्त्र मंगोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत पदमा कार्यरत डा. दुर्गाबहादुर सुबेदीलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ चैत्र ७ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री सुशीला कार्कीज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालतको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता