सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनका रक्षामन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र ११ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री General CHANG Wanquan बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपालस्थित चीनका राजदूतको पनि उपस्थिति थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता