निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो।

२०८१ साल वैशाख २० गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता