सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महालेखा परीक्षकको कार्यालयको भवन उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

महालेखा परीक्षकको कार्यालय भवनको उद्घाटन समारोहमा भाग लिन पाउँदा मलाई खुसी लागेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका कारण लामो समयसम्म भवनबिहिन अवस्थामा रहेको महालेखापरीक्षक कार्यालयले अब आफ्नै व्यवस्थित भवन पाएको छ । यसका लागि तपाईँहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु । नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम मितब्ययिता, कार्यदक्षता र औचित्य समेत विचार गर्दै सरकारी निकायको कामलाई मूल्याङ्कन गरी सार्वजनिक वित्तीय क्षेत्रमा पारदर्शिता, जबाफदेहिता र स्वच्छता प्रवद्र्धन गर्न यस कार्यालयले महत्वपूर्ण भूमिका खेलिरहेको छ । परम्परागत पद्धतिको सट्टा विद्युतीय प्रविधिबाट लेखापरीक्षण गर्न लागेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । यसबाट लेखापरीक्षणको गुणस्तर थप अभिबृद्धि हुने अपेक्षा गरेको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७८ को शुभकामना सन्देश महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७८ को अवसरमा विश्‍वभरका सम्पूर्ण दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्‍वभर सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ आजबाट सुरू भएको छ । यस अभियानलाई नेपालमा पनि ‘घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय संकल्पका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी सञ्चालन गरिँदैछ । Read More …

ओहदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. सिंगापुर H.E. Mr. Simom Wong Wie Kuen गैरआवासीय २. न्युजिल्याण्ड H.E. Mr. David Gregory Pine गैरआवासीय ३. होली सी H.E. Most Reverend Leopoldo Girelli गैरआवासीय ४. टर्की H.E. Mr. Firat Sunel गैरआवासीय ५. रोमानिया H.E. Mrs. Daniela Mariana Sezonov-Tane गैरआवासीय २०७८ साल मङ्‌सिर ८ गते बुधबार (सागर आचार्य) प्रवक्ता Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महोत्तरी जिल्लास्थित मटिहानीमा निर्मित रङ्गशालाको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

महोत्तरी जिल्लाको प्राचिन साँस्कृतिक शहरमा आयोजित यस विशेष समारोहमा यहाँका आदरणीय दाजूभाई तथा दिदिबहिनीहरुसँग भेट्न पाउँदा मलाई खुसी लागेको छ ।  मलाई यहाँ प्राप्त न्यानो स्वागतका लागि धन्यवाद दिन चाहन्छु । हाम्रो मुलुकमा गणतन्त्रको स्थापना भएसँगै विकास निर्माण प्रक्रियाले मूर्तरुप लिइरहेका छन् ।  यसलाई तीब्रता दिँदै जनआकांक्षालाई पूरा गर्नु पर्दछ । यस यथार्थतालाई आत्मसात गरी स्थानीय तहहरू जनताका आवश्यकतालाई सम्बोधन गर्न अग्रसर हुनु खुसीको विषय हो । खेलकूद मानव जीवनको अभिन्न अङ्ग हो । खासगरी युवाहरुमा खेलकूद लोकप्रिय रहेको छ । मटिहानीमा निर्मित यस रङ्गशालाले युवाहरुको आकांक्षा समेट्दै खेलकूदको विकासमा सहयोग पुर्‍याउने विश्वास लिएको छु । जनक सभ्यताद्वारा प्रशिक्षित यो Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले स्वयम्भूस्थित ऐतिहासिक ज्ञानमाला भजन खलः को पुनर्निर्मित सत्तल समुद्‍घाटनका अवसरमा गर्नुभएको सम्बोधन

यस पवित्र स्वयम्भुनाथ परिसरमा ऐतिहासिक ज्ञानमाला भजन खलः को पुनर्निर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा पुनर्निर्माण कार्यमा संलग्न नेपाल सरकारको पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिँदै भजन खलः को उत्तरोत्तर प्रगतिको कामना गर्दछु । राष्ट्रको उत्थानमा समर्पित हुन गठन गरिएका संगठन वा संस्थाहरूको गौरवपूर्ण इतिहास र कार्यले वर्तमान तथा भविष्यमा समेत सधैँ महत्वपूर्ण सन्देश प्रवाह गर्दै समाजलाई सत्मार्गमा लाग्न उत्प्रेरित गरिरहेको हुन्छ । ज्ञानमाला भजन खलः त्यस्तै ऐतिहासिक विरासत बोकेको सामाजिक तथा साँस्कृतिक संस्था हो, जसले समाजलाई जागृत गर्दै आएको छ र सधैँ गरिरहनेछ भन्ने मलाई लागेको छ । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरुनानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ पवित्र स्थल ‘गुरुद्वारा’मा भेला भई पूजाअर्चना‚ भजनकिर्तनका साथै  विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू गरी गुरुनानकको जन्मजयन्ती  मनाउने गरिन्छ । यस अवसरमा पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को वाचनका साथै सबैका लागि विना भेदभाव नि:शुल्क सामूहिक भोजन गर्ने ‘लंगर परम्परा’ समेत रहेको छ । यस्तो परम्पराबाट समाजमा विद्यमान विविध प्रकारका भेदभावको अन्त्य गर्दै आपसी प्रेम र भ्रातृत्वको Read More …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०७८ साल कात्तिक २९ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम देहायका प्रदेश प्रमुखहरूले देहायको प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । तपसिल क्र.सं. नामथर प्रदेश १ श्री परशुराम खापुङ्ग, तेह्रथुम प्रदेश नं. १ २ श्री तिलक परियार, बाँके कर्णाली प्रदेश ३ श्री देवराज जोशी, बाजुरा सुदूरपश्चिम प्रदेश २०७८ कात्तिक २५ गते बिहीबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय जनगणना २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय जनगणना २०७८ को सन्देश आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, हरेक दस वर्षमा सञ्चालन गरिने जनगणनाको १२औँ श्रृङ्खला राष्ट्रिय जनगणना २०७८ शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दछु । आजदेखि सुरु भई आगामी मङ्सीर ९ गतेसम्म सबै नेपालीहरूको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गर्ने प्रयोजनका लागि केन्द्रीय तथ्याङ्क विभागले मुलुकभरि गणकहरू खटाएको छ । सबै नागरिकको पारिवारिक, सामाजिक तथा आर्थिक विवरणहरू सङ्कलन, प्रशोधन एवं प्रकाशन गर्ने समष्टिगत प्रक्रिया नै जनगणना हो । जनगणनामार्फत् उपलब्ध हुने तथ्याङ्क मुलुकको विकास निर्माणसम्बन्धी नीति‚ योजना र कार्यक्रम निर्माणको लागि आवश्यक सूचनाको स्रोत हुनुका साथै राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतका सुविधाको प्रक्षेपण Read More …