प्रदेश प्रमुखमा नियुक्त
विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/४/१४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायका प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नाम थर, ठेगाना प्रदेश १ श्री दीपक प्रसाद देवकोटा, कैलाली बागमती प्रदेश २ श्री कृष्णबहादुर घर्तीमगर, रोल्पा लुम्बिनी प्रदेश ३ श्री यज्ञराज जोशी, बझाङ कर्णाली प्रदेश २०८१ साल साउन १६ गते बुधबार। ने.सं. ११४४ दिल्लागा, ११ बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता