सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘नोवल कोरोनाभाइरस (कोभिड-१९)बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा जारी गर्नुभएको सन्देश
नोवल कोरोनाभाइरस (कोभिड–१९)बाट उत्पन्न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा जारी सन्देश आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नोवल कोरोनाभाइरस (कोभिड-१९) नामक सङ्क्रामक रोगले विश्वव्यापी महामारीको रूप लिएको दुःखद विषय सर्वविदितै छ । यस महामारीबाट हालसम्म विश्वका प्रायः सबैजसो मुलुकहरू प्रभावित हुनुका साथै चार लाखभन्दा बढी जनसङ्ख्यामा संक्रमण भई १८ हजारभन्दा बढीको ज्यान गइसकेको छ । दुःखको यस घडीमा संयमित बन्दै घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आ-आफ्नो ठाउँबाट क्रियाशील हुन हार्दिक आव्हान गर्दछु । सुरुमा चीनको बुहान शहरमा देखा परेको यस महामारीविरुद्ध चिनियाँ सरकारद्वारा सञ्चालित प्रभावकारी जनस्वास्थ्य प्रतिकार्य र यसमा त्यहाँका लगनशील एवं अनुशासित स्वास्थ्यकर्मी तथा जनताको सक्रिय सहभागिताका कारण चीनमा यो रोग लगभग नियन्त्रणमा आएको ठानिएको छ। Read More …