सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तमूल्होसार पर्व, २०७६” का अवसरमा दिनुभएको शुभकामना सन्देश

“तमूल्होसार पर्व, २०७६” को शुभकामना सन्देश गुरुङ समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालमा मनाइने विभिन्‍न चाडपर्वहरूले स्वदेश तथा विदेशमा समेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेका छन् । मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा संबर्द्धन गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न समेत गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय छ । गुरुङ संस्कृति बहु‐भाषिक, बहु‐धार्मिक र बहु‐सांस्कृतिक राष्ट्रको रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय स‌ंस्कृतिको एक महत्वपूर्ण अङ्गको रुपमा रहेको छ । तमूल्होसार जस्ता राष्ट्रिय पर्वहरूले सबै नेपालीबीच वन्धुत्व, आपसी Read More …

कार्यभार तोक्नुभएको

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र माननीय सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजहरुले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल पुस ९ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री उदयराज पाण्डे मलेसिया गणतन्त्र फिलिपिन्स २. श्री दीपक अधिकारी फ्रान्स मोनाको ३. श्री महेशराज दाहाल अष्ट्रेलिया न्यूजिल्याण्ड ४. श्री मणिप्रसाद भट्टराई स्वीट्जरल्याण्ड इटली     (हरि प्रसाद दाहाल)  प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डेको अवसरमा दिनुभएको शुभकामना सन्देश

क्रिसमस डेको शुभकामना सन्देश ईसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो । हाम्रो बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व तथा संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । क्रिसमस डे जस्ता पर्वहरूले विभिन्‍न समुदायबीच सद्‍भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भन्‍ने मलाई लागेको छ । अन्तमा, ईसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्‍नत नेपाल Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि भारतका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल पुस ८ गते, मंगलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि भारतका राजदूत महामहिम Manjeev Singh Puri ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा भारत र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल पुस ७ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री चोलेन्द्र शमसेर ज.ब.रा.ज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल पुस २ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री उदयराज पाण्डे मलेसिया ब्रुनाई दारुसलाम 2. श्री गणेशप्रसाद ढकाल थाइल्याण्ड क्याम्बोडिया, लाओस र भियतनाम 3. श्री अमृतबहादुर राई संयुक्त राष्ट्रसंघ, न्यूयोर्क इक्वेडर 4. श्री भृगु ढुङ्गाना क्यानडा क्यूवा     (केशव प्रसाद घिमिरे)  सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७६को अवसरमा दिनु भएको शुभकामना सन्देश

उधौली पर्व, २०७६को शुभकामना सन्देश किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल विभिन्‍न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको छ । उधौली जस्ता चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । यस प्रकारका चाडपर्वहरूले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलार्इ सुमधुर बनाउन सहयोग गरेका छन् । अन्तमा, प्रकृतिसँग अभिन्‍न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाटसंघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

आज मिति २०७६ साल मङ्‌सिर २४ गते मङ्गलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ साल पुस ४ गते शुक्रबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।   (हरि प्रसाद दाहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) को शुभकामना सन्देश ७१ औँ विश्‍व मानव अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पुरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताजस्ता कुराहरूलाई समेत मनन गर्नुपर्छ। विश्वव्यापीरूपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चितता नेपालको संविधानले गरेको छ । साथै मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि विभिन्‍न निकायहरूसमेत क्रियाशिल रहेका छन् यो खुसीको विषय हो । अन्तमा, यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मासात गर्दै मानव जातिका साझा Read More …