सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) को शुभकामना सन्देश

७१ औँ विश्‍व मानव अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पुरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताजस्ता कुराहरूलाई समेत मनन गर्नुपर्छ। विश्वव्यापीरूपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चितता नेपालको संविधानले गरेको छ । साथै मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि विभिन्‍न निकायहरूसमेत क्रियाशिल रहेका छन् यो खुसीको विषय हो ।

अन्तमा, यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मासात गर्दै मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप उर्जा र प्रेरणा मिलोस् भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

२०७६ साल मंसिर २४ गते मंगलबार