सम्माननीय राष्ट्रपतिज्यू र मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच शिष्टाचार भेटवार्ता

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेटवार्ता भयो। सो अवसरमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भयो।

२०८१  साल वैशाख ११ गते मङ्गलबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता