सम्माननीय राष्ट्रपतिज्यूसमक्ष त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीहरुबाट भेट

आज मिति २०७४ साल पुष १६ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीहरुबाट भेट भयो । उक्त अवसरमा त्रिभुवन विश्‍वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्रीज्यू, सहकुलपति एवम् माननीय उपप्रधान तथा शिक्षामन्त्रीज्यू, जवाहरलाल नेहरु विश्‍वविद्यालयका उपकुलपति प्रा.डा. एम. जगदीश कुमार, त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिज्यू तथा पदाधिकारीज्यूहरु लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थित रहेको थियो । (प्रल्हादप्रसाद पुडासैनी) उपसचिव

“तमूल्होसार पर्व २०७४” का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालमा विभिन्‍न जातजातिले मनाउने विभिन्‍न चाडपर्वहरुले विश्‍वमा नेपालको छुट्टै पहिचान बनाएका छन् भने तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना वढाउन मद्दत गरेका छन् । नेपालका अमूल्य गहनाका रुपमा मनाइने यस प्रकारका संस्कृति, चाडपर्व तथा धार्मिक रितिरिवाजको संरक्षण र सम्वर्द्धन गर्न सकेमा यिनीहरुले सदियौ सम्म नेपालको चिनारी विश्‍व सामु गर्नमा मद्दत गर्ने छन् भन्‍ने मलाइ लागेको छ । अन्तमा, तमू गुरुङ्ग समुदायको Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल पुष १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रुसी महासंघका लागि आवासीय राजदूत श्री ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नु गर्नुभएको छ ।   (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७४ साल पौष १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गर्नुभएको छ । क्र.सं. अध्यादेशको नाम १. राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४   (कुलप्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल पुष १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि आवासीय राजदूत श्री युवनाथ लम्साललाई फिनल्याण्ड, लिथुआनिया र स्वीडेनका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ ।   (प्रल्हाद प्रसाद पुडासैनी) उपसचिव

क्रिसमस डेको अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपाल वहुभाषिक, वहुजातिय, वहुसांस्कृतिक, वहुधार्मिक विशेषताले भरिएको देश हो । यहाँ मनाइने हरेक चाड पर्वहरु राष्ट्रिय धरोहरका रुपमा रहेका छन् र यी चाडपर्वहरुले विभिन्‍न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् भन्‍ने मलाई लाग्छ । नेपालीहरुबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा हामी सबै केन्द्रित हुनुपर्छ भन्‍ने मलाइ लागेको छ । भर्खरै सम्पन्‍न पहिलो प्रदेश तथा प्रतिनिधि सभाको ऐतिहासिक Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७४ साल मंसिर २८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री दीप वस्न्यातज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१)  बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । उक्त अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्तहरु तथा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुसमेतको उपस्थिति थियो ।    (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल मंसिर २८ गते बिहीबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतलनिवासमा भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीले हालै सम्पन्‍न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणाना भइरहेको विषयमा जानकारी गराउनु भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोशेढुंगाको रुपमा रहेको निर्वाचन निर्दिष्ट समयभित्रै शान्तिपूर्णरुपमा ठूलो जनसहभागिताका साथ उल्लासमय वातावरणमा सम्पन्‍न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राजनितिक दल, निजामती, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरीलगायत सम्पूर्ण राष्ट्रसेवक तथा आममतदातालाई हार्दिक धन्यवाद दिनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले सम्पन्‍न निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुने कुरामा Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र म्यानमारका Commander-in-Chief of Defense Services Senior General बाट शिष्टाचार भेट

आज मिति २०७४ साल मंसिर २५ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र म्यानमारका Commander-in-Chief of Defense Services Senior General Min Aung Hlaing बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र म्यानमारबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र  म्यानमार सेनाबीच सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । उक्त अवसरमा नेपालका लागि म्यानमारका राजदूत, म्यानमार सेनाका पदाधिकारीहरु र राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीहरुको समेत उपस्थिति थियो । (कुलप्रसाद चुडाल) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल मंसिर २४ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि म्यानमारका आवासीय राजदूत H.E. Mr. Thiri Pyanchi U Tun Nay Linn ले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।   (कुलप्रसाद चुडाल) प्रवक्ता