सम्माननीय राष्ट्रपतिज्यूसमक्ष त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीहरुबाट भेट

आज मिति २०७४ साल पुष १६ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीहरुबाट भेट भयो । उक्त अवसरमा त्रिभुवन विश्‍वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्रीज्यू, सहकुलपति एवम् माननीय उपप्रधान तथा शिक्षामन्त्रीज्यू, जवाहरलाल नेहरु विश्‍वविद्यालयका उपकुलपति प्रा.डा. एम. जगदीश कुमार, त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिज्यू तथा पदाधिकारीज्यूहरु लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थित रहेको थियो ।

(प्रल्हादप्रसाद पुडासैनी)

उपसचिव