सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व, २०७९ को शुभकामना सन्देश छठ पर्व, २०७९ को पावन अवसरमा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । खासगरी नेपालको तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै श्रद्धा एवम् भक्तिपूर्वक मनाउन थालिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । विनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल संवत् ११४३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल संवत् ११४३ को शुभकामना सन्देश नेपाल संवत् ११४३ प्रारम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्‌को नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा भव्यताका साथ मनाउने गरिन्छ । लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तिहार पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तिहार पर्व, २०७९ को शुभकामना सन्देश नेपालीहरूको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्‍वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको ठूला चाडहरूमध्ये एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको छ । यमपञ्चकको रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार‚ कुकुर तिहार‚ गाई तिहार‚ गोरु तिहार र भाइ तिहार जस्ता विशिष्ट तिहारहरू समेटिएका छन् । यस पर्वको अवसरमा धन र ऐश्‍वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी दीपावली गर्ने र दिदीबहिनीद्वारा दाजुभाइलाई Read More …

प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मधेश प्रदेशका प्रमुख माननीय हरिशंकर मिश्र मिति २०७९/०७/०९ देखि २०७९/०७/११ गतेसम्म भारतको झारखण्डको भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम बागमती प्रदेशका प्रमुख माननीय यादव चन्द्र शर्मालाई तोक्नु भएको छ । २०७९ साल कात्तिक ६ गते आइतबार । (सागर आचार्य) प्रवक्ता  

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. फिनल्याण्ड H.E. Ms. Riina-Riikka Heikka आवासीय २. संयुक्त राज्य अमेरिका H.E. Mr. Dean Richard Thompson आवासीय ३. आइसल्याण्ड H.E. Mr. Gudni Bragason गैरआवासीय २०७९ साल कात्तिक ४ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता H.E. Ms. Riina-Riikka Heikka H.E. Mr. Dean Richard Thompson H.E. Mr. Gudni Bragason

राजदूतहरूबाट शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि इश्‍लामिक गणतन्त्र पाकिस्तानका राजदूत H.E. Syed Haider Shah र संयुक्त अरब इमिरेट्सका राजदूत H.E. Mr. Saeed Hamdan Al-Naqbi ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । २०७९ साल कात्तिक ३  गते बिहीबार । (सागर आचार्य) प्रवक्ता H.E. Syed Haider Shah, H.E. Mr. Saeed Hamdan Al-Naqbi

शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Hou Yanqi ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । २०७९ साल कात्तिक २  गते बुधबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरूबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश भयो । क्र.सं. आयोगको नाम १ मधेशी आयोग २ राष्ट्रिय दलित आयोग ३ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ४ आदिवासी जनजाति आयोग ५ राष्ट्रिय समावेशी आयोग ६ राष्ट्रिय महिला आयोग ७ मुस्लिम आयोग २०७९ साल असोज ३१ गते सोमबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व हात धुने दिवस‚ २०२२ को अवसरमा दिनु भएको शुभकामना सन्देश

विश्‍व हात धुने दिवस‚ २०२२ को शुभकामना सन्देश आज विश्‍व हात धुने दिवस, १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ अक्टोवर १५ तारिखदेखि मनाउन सुरु गरिएको विश्‍व हात धुने दिवस आज ‘हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्‍वभर मनाइँदैछ । यस अवसरमा हामीले पनि नेपाल सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार; स्वस्थ र सभ्य जीवनको आधार’ भन्ने उद्‍घोषसहित विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरिरहेका छौँ । हातको स्वच्छता स्वास्थ्यको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ । हात सफा Read More …

मन्त्रीको कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७८/३/२९ गते गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्‌का माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राजेन्द्रप्रसाद श्रेष्ठ, माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री मृगेन्द्रकुमार सिंह यादव, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री मोहम्मद इश्तियाक राई र माननीय वन तथा वातावरण मन्त्री श्री प्रदीप यादवलाई  नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्री पदबाट सम्माननीय प्रधानमन्त्रीज्यूले पदमुक्त गरि सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजहरूले सम्हाली आउनुभएको उल्लिखित मन्त्रालयहरूको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । साथै, सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संविधानको Read More …