ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. गणतन्त्र घाना H.E. Dr. Winfred Nii Okai Hammond गैरआवासीय २. गणतन्त्र बुल्गेरिया H.E. Mr. Nikolay Yankov गैरआवासीय ३. इरिट्रिया H.E. Mr. Alem Tsehaye Woldemariam गैरआवासीय ४. गणतन्त्र फिलिपिन्स H.E. Mr. Josel Francisci IGNACIO गैरआवासीय २०८१ साल Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले छैठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८१ को अवसरमा दिनु भएको शुभकामना सन्देश

छैठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८१ को शुभकामना सन्देश “हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान” भन्ने नाराका साथ मनाउन लागिएको छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक, अधिकार सुनिश्‍चित गर्न योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । महिलाको अधिकारलाई सुनिश्चितता Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस, २०८१ को अवसरमा दिनुभएको सन्देश

गणतन्त्र दिवस, २०८१ को शुभकामना सन्देश स्वदेश तथा विदेशमा रहनुहुने आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! सर्वप्रथम १७ औँ गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना र बधाई दिन चाहन्छु। यो नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन हो। १७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ। यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ। यो ऐतिहासिक दिनमा म गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने आदरणीय सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। यहाँसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान Read More …

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री तोयम रायाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको एकसठ्ठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। २०८१ साल जेठ १३ गते आइतबार। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा कुवेतका लागि नेपालका आवासीय राजदूत श्री घनश्याम लम्साललाई इराकका लागि समेत नेपालको गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल जेठ ११ गते शुक्रबार ।   (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २५६८ ‍औं बुद्ध जयन्तीको पावन अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६८औं बुद्ध जयन्तीको शुभकामना सन्देश बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ ‍औं बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महानिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्बारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा लिंदै बुद्ध जयन्ती मनाउने गरिन्छ । यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा-अर्चना, प्रार्थना, Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले उभौली पर्वको पावन अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्व, २०८१ को शुभकामना सन्देश किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा  स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जाडो यामको अन्त्य र गर्मी यामको सुरुवातसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई  उभौली पर्वको रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा-मीठा परिकार खाएर आपसमा सुख, Read More …

BIMSTEC का महासचिवबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) का महासचिव महामहिम Mr. Indra Mani Pandey ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले समृद्धि, दीगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकांक्षाको रूपमा BIMSTEC रहेको र यस क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुकहरू रहेको हुँदा अन्य सहकार्यका विषयहरूसँगै जलवायु परिवर्तनको असर कम गर्न हिमाल लगायत पर्यावरण संरक्षणलाई समेत प्राथमिकतामा राखी कार्य गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो। २०८१ साल जेठ ८ गते मङ्‌गलबार। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सीता जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

सीता जयन्तीको शुभकामना सन्देश राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्‍ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ । माता सीताको जन्म हाम्रो पौराणिक तथा साँस्कृतिक विश्वासको धरोहरकारूपमा रहि आएको छ । जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ । माता सीतालाई धैर्यता, सहनशीलता Read More …