नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा कुवेतका लागि नेपालका आवासीय राजदूत श्री घनश्याम लम्साललाई इराकका लागि समेत नेपालको गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८१ साल जेठ ११ गते शुक्रबार ।   (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २५६८ ‍औं बुद्ध जयन्तीको पावन अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६८औं बुद्ध जयन्तीको शुभकामना सन्देश बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ ‍औं बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महानिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्बारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा लिंदै बुद्ध जयन्ती मनाउने गरिन्छ । यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा-अर्चना, प्रार्थना, Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले उभौली पर्वको पावन अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्व, २०८१ को शुभकामना सन्देश किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा  स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जाडो यामको अन्त्य र गर्मी यामको सुरुवातसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई  उभौली पर्वको रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्नुका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मीठा-मीठा परिकार खाएर आपसमा सुख, Read More …

BIMSTEC का महासचिवबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) का महासचिव महामहिम Mr. Indra Mani Pandey ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले समृद्धि, दीगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकांक्षाको रूपमा BIMSTEC रहेको र यस क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुकहरू रहेको हुँदा अन्य सहकार्यका विषयहरूसँगै जलवायु परिवर्तनको असर कम गर्न हिमाल लगायत पर्यावरण संरक्षणलाई समेत प्राथमिकतामा राखी कार्य गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो। २०८१ साल जेठ ८ गते मङ्‌गलबार। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय युवा दिवस, २०७८ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

आज अगष्ट १२ तारिखका दिन संयुक्त राष्ट्रसंघको आव्हानमा ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल संकल्पका साथ अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदै छ । यस दिवसले नेपाली युवाहरूमा सकारात्मक परिवर्तनका लागि सिर्जनात्मक सोचकासाथ अग्रसर हुन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु । चेतना र जागरणका संवाहक युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्य लिएर स्थापित राष्ट्रिय युवा परिषद्ले विविध सिर्जनात्मक क्रियाकलापहरू गर्दै आएकोमा खुसी लागेको छ । युवा शक्ति देशको शक्ति हो । युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको हुन्छ । युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र सामाजिक आर्थिक प्रणाली नै अवरुद्ध हुन पुग्दछ Read More …