सम्माननीय राष्ट्रपतिज्यूबाट रुसी महासंघका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल असोज १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा धुर्कोट मौला गा.वि.स. वडा नं. ६, गुल्मी निवासी श्री ऋषिराम घिमिरेलाई रुसी महासंघको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (अर्जुन कुमार खड्का) निमित्त सचिव

प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०७३ मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय सूचना तथा संचारमन्त्री, प्रेस काउन्सिल नेपालका अध्यक्ष, संचारकर्मी मित्रहरु, भद्र महिला तथा सज्जनवृन्द ! प्रेस काउन्सिल नेपाल स्थापना भएको करिब आधा शताब्दी हुन लागेको सन्दर्भमा आयोजित ४७ औँ वार्षिकोत्सव समारोहको अवसरमा काउन्सिल सम्बद्ध सबैलाई शुभकामना र बधाई दिन चाहन्छु । यस महत्वपूर्ण अवसरमा पत्रकारिताक्षेत्रले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणमा निर्वाह गरेको सकारात्मक भूमिकाको स्मरण गर्दछु । समाजका अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना सम्पे्रषण गर्ने अहं दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेको मानिन्छ । यस पक्षलाई आत्मसात गर्दै हाम्रो सञ्चार माध्यम राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउन सम्बद्ध Read More …

जैविक विविधता शैक्षिक उद्यानको समुद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय मन्त्रीहरु, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत महामहिम रिचार्ड मोरिस, नेपाल सरकार र राष्ट्रिय वनस्पति उद्यानका पदाधिकारीहरु, भद्र महिला तथा सज्जनवृन्द ! प्राकृतिक सौन्दर्यले सुसज्जित तथा पवित्र फूलचोकी पर्वतको काखमा अवस्थित सौम्य हावापानी भएको साँस्कृतिक र धार्मिक महत्वको यस गोदावरी क्षेत्रमा चौवन्न वर्षअघि स्थापना भएको राष्ट्रिय वनस्पति उद्यानमा नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको सुखद अवसर पारी जैविक विविधता शैक्षिक उद्यान निर्माण भएकोमा खुशी लागेको छ । यो उद्यान स्थापना गर्न योगदान पु¥याउने बन तथा भूसंरक्षण मन्त्रालय,  वनस्पति विभाग, राष्ट्रिय वनस्पति उद्यानलगायत सबैलाई धन्यवाद दिँदै नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको Read More …

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा राष्ट्रिय बालदिवस २०७३ को अवसरमा आयोजित कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय मन्त्री, माननीय राज्यमन्त्री, माननीय सांसदहरु, प्यारा बालबालिकाहरु, आज सम्मानीत  हुनुहुने महानुभावहरु, भद्र महिलातथा सज्जनवृन्द ! महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय बालदिवस मूल समारोहको कार्यक्रममा सहभागी भई राष्ट्रका अमूल्य निधि र भविष्य निर्माणका आधारका रुपमा रहेका देशभित्र र बाहिर रहने हाम्रा प्यारा बालबालिकाहरुलाई लक्षित गरी संवोधन गर्न पाउँदा मलाई खुशी लागेको छ । गतवर्ष जारी भएको नेपालको संविधानले बालबालिकाको सर्वोत्तम हितलाई स्वीकार गर्दै मौलिक हक अन्तर्गत बालबालिकाका हक अधिकार सम्बन्धमा पर्याप्त प्रावधानहरुको ब्यवस्था गरेको छ, जुनहामी सबै नेपालीका लागि गौरबको बिषय हो । “सम्बर्द्धन बालअधिकारकोः कार्यान्वयन संविधानको” भन्ने मूलनाराका साथ मनाउन लागिएको यस बर्षको राष्ट्रिय बालदिवसको उपलक्ष्यमा Read More …

तीज तथा जीतीया पर्वका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको शुभकामना मन्तव्य

सम्माननीयउपराष्ट्रपति, सम्माननीयप्रधानमन्त्री, सम्माननीय सभामुख, पूर्व उपराष्ट्रपतिज्यू, माननीयमन्त्री, माननीय सांसदहरु, विशिष्टमहानुभावहरु, कलाकर्मीहरु भद्र महिलातथासज्जनवृन्द ! नेपाली महिलाका विशेष चाडहरु तीज तथा जीतीया पर्वका अवसरमा राष्ट्रपतिभवन, शीतलनिवासमा आयोजितयस साँस्कृतिक कार्यक्रममा सबैलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । औपचारिक रुपमा यीदुई पर्वहरु मनाउन केही दिन बाँकी नै भए पनि अग्रीमरुपमा तीज तथा जीतीया पर्वका अवसरमा स्वदेश तथा विदेशमा वसोवास गर्ने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो देशमा मनाइने विभिन्न चाडपर्वहरुले हाम्रो संस्कृति, कला, भेषभूषा, गीत संगीतलाई समृद्ध तुल्याएको छ । नेपाली उर्वर माटोमा फुलेफलेका यी सबै चाडपर्व हाम्रा सुन्दर साँस्कृतिक धरोहरहरुले हामीलाई विविधताबीच सुदृढ एकता कायम भएको एउटै सुन्दर सुदृढ Read More …

श्री राधाकृष्ण प्राण–प्रतिष्ठा तथा मन्दिर उद्घाटन कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

लालबन्दी, सर्लाही श्री राधाकृष्ण प्राण–प्रतिष्ठा तथा मन्दिर उद्घाटन समितिका अध्यक्ष, माननीय सांसदहरु, राधाकृष्ण मन्दिर निर्माणसँग आबद्ध महानुभावहरु, सर्लाही जिल्लाका निवासीहरु, भद्र महिला तथा सज्जनबृन्द ! प्राकृतिक सौन्दर्य, नदी, तालतलैया, पुरातात्विक, साँस्कृतिक तथा धार्मिक सम्पदाले सम्पन्न नेपालको एक महत्वपूर्ण जिल्ला सर्लाहीको सुन्दर नगरी लालबन्दीमा अवस्थित भागवतधाममा स्थानीय जनसमुदायको योगदानबाट निर्मित राधाकृष्ण मन्दिर उद्घाटनका लागि मलाई आमन्त्रण गर्नुभई यस क्षेत्रको अवलोकन र स्थानीय वासिन्दासँग प्रत्यक्ष भेटघाट गर्ने मौका दिनुभएकोमा हार्दिक धन्यबाद दिन चाहन्छु । यस मन्दिरको स्थापनामा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुबाट जसरी स्वतःस्फूर्त ढंगबाट सहयोग र योगदान प्राप्त भएको छ यो आफैँमा प्रशंसनीय र उदाहरणीय छ । थोपा थोपा उठाएर घैला भरेजस्तै धेरै Read More …

लोकसेवा आयोगको ६६ औँ वार्षिकोत्सव मूल समारोहको कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

६६ औँ वार्षिक उत्सव मूल समारोहका अध्यक्ष तथा लोकसेवा आयोगका अध्यक्ष, सम्माननीय प्रधानमन्त्री, राज्य व्यबस्था समितिका माननीय सभापति, लोकसेवा आयोगका सदस्यहरु, राष्ट्रसेवकहरु, भद्र महिला तथा सज्जनबृन्द ! लोकसेवा आयोगको ६६ औं वार्षिक उत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा शरिक भइ यस गौरवशाली संवैधानिक निकायको उपादेयता, उपलब्धि र योगदानबारे स्मरण गर्न पाउँदा मलाइ खुशी लागेको छ । न्यायपूर्ण, समृद्धशाली तथा आर्थिक र सामाजिक रुपले सशक्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य र सपनालाई साकार पार्न आगामी दिनमा आयोगको गहन भूमिका रहेको प्रसंगमा यस्तो समारोहको गरिमा अमm बढेको छ । आफ्नो लामो ६५ बर्षको यात्राका दौरान आयोगले अनेकौँ आरोह अवरोह पार गरिसकेको छ । Read More …

राष्ट्रिय खेलकूद परिषद्वारा आयोजित आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकूद प्रतियोगिता–२०७२ को उद्घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

समारोहका अध्यक्ष, माननीय मन्त्री, उपस्थित अन्य विशिष्ट व्यक्तित्व, आयोजक संस्थासँग आबद्ध पदाधिकारी, सहभागी खेलाडीहरु, भद्र महिला तथा सज्जनवृन्द ! राष्ट्रिय खेलकूद परिषद्द्वारा आयोजित आठौँ राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकूद प्रतियोगिता–२०७२ को यस समारोहमा उपस्थित भई खेलकूद क्षेत्रसँग आबद्ध तपाइहरुसँग भेटघाट गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । यस प्रतिश्पर्धामा सहभागी हुनुहुने सबै खेलाडीहरुलाई अभिवादन गर्दै तपाईहरु सबैलाई शुभकामना दिन चाहन्छु । विद्यालय तहमा संचालित रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई विभिन्न रुचिका खेलकूदमा सहभागिता जनाउने वातावरण तयार पारी आफ्नो प्रतिभालाई प्रस्फूटन गर्ने अवसर प्रदान गर्दछ । केही वर्ष यता देशमा खेलकूदको विकासमा दिइएको महत्वको फलस्वरुपः फूटबल, क्रिकेट, तेक्वान्दो, Read More …

२५६० औँ वुद्धजयन्ती समारोहमा बुद्ध जन्मस्थल लुम्बिनीमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

२५६० औँ वुद्धजयन्ती समारोह समितिका अध्यक्ष माननीय मन्त्री, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्रीहरु, माननीय मन्त्रीगण, पूर्व प्रधानमन्त्रीहरु, मित्रराष्ट्रबाट पाल्नु भएका विशिष्ट अतिथिहरु, महामहिम राजदूत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु, बौद्ध धर्मगुरु,  भिक्षु तथा भिक्षुणीहरु, भद्र महिलातथा सज्जनवृन्द ! हाम्रा गौरव र विश्वशान्तिका अग्रदूत गौतम वुद्धको जन्म, वोधिज्ञान प्राप्ती र महापरिनिर्वाणलाभ गरेको पावन अवसरमा वौद्धधर्मको यस पवित्रउद्गमस्थ ललुम्विनीमा आएर २५६० वर्ष अघि जन्मनुभएका शान्तिदूत गौतम वुद्धप्रति हार्दिक सम्मान  व्यक्त गर्न पाउँदा मलाई गर्वको महसुस भएको छ । पच्चीस सय वर्षभन्दा पहिले मानवमात्रको सुख, हित र समृद्धिका लागि गौतम वुद्धले प्रतिपादन गर्नुभएको शान्ति, भातृत्व, अहिंसा र करुणाको सन्देश आजको हिंसा, द्वन्द्व, गरिवी र अशान्तिले Read More …

त्रिभुवन विश्वविद्यालयको विशेष दीक्षान्त समारोह २०७२ मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको दीक्षान्त सम्बोधन

सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयकाकुलपतिज्यू, माननीय शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति, आज सम्मानित हुनुहुने नेपाली वाङ्मयका दुइ विशिष्ट साधक महानुभावहरु, उपकुलपति, त्रिभुवन विश्वविद्यालय सभाका सदस्य तथा प्राज्ञजन, भद्र महिला एवं सज्जनवृन्द ! नेपाली साहित्यको क्षेत्रमा स्थापित दुइ विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यलेत्रिभुवन विश्वविद्यालयको विशेष दीक्षान्त समारोहजस्तो ऐतिहासिक एवं गरिमामय कार्यक्रम आयोजना गरेकोमात्रिभुवन विश्वविद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यस समारोहको पूर्ण सफलताको कामना गर्दछु । साथै यस गरिमामय समारोहमा आमन्त्रण गरी प्राज्ञिक वर्ग तथा विशिष्ट साहित्यसाधक तथा देशको भविष्यका कर्णाधार प्रिय विद्यार्थी समुदायसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नुहुने विश्वविद्यालय परिवार धन्यवादका पात्र हुनुहुन्छ । मुलुकले नेपाली जनताको वर्षौँदेखिको चाहनाअनुरुप संविधान सभाका Read More …