सम्माननीय राष्ट्रपतिज्यूबाट रुसी महासंघका लागि नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल असोज १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा धुर्कोट मौला गा.वि.स. वडा नं. ६, गुल्मी निवासी श्री ऋषिराम घिमिरेलाई रुसी महासंघको लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(अर्जुन कुमार खड्का)

निमित्त सचिव