सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं विश्वविद्यालयको रजत महोत्सवको समुद्घाटन समारोहमा गर्नुभएको सम्वोधन
यस समारोहका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, माननीय शिक्षामन्त्री एवं सहकुलपति, काठमाडौँ विश्वविद्यालयका उपकुलपति, विभिन्न देशका राजदूतहरु, विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु, विश्वविद्यालयका संस्थापकहरू, विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरू, अन्य प्राज्ञिक वर्ग एवं अतिथिहरू, भद्र महिला तथा सज्जनवृन्द ! सर्वप्रथम काठमाडौँ विश्वविद्यालयको रजत महोत्सव समारोहमा मलाई आमन्त्रण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै यस विश्वविद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । काठमाडौँ विश्वविद्यालय नेपालको एक प्रतिष्ठित शिक्षण संस्थाको रूपमा स्थापित भइसकेकोमा खुशी लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको स्थापना, सञ्चालन र विकास गर्न सफल प्राज्ञिक समुदायको कदर सबैले गर्नु पर्दछ । राम्रो काम गर्न राम्रो समूह चाहिन्छ र त्यस्तो समूहमा अविचलित Read More …