तीज तथा जीतीया पर्वका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको शुभकामना मन्तव्य

सम्माननीयउपराष्ट्रपति,

सम्माननीयप्रधानमन्त्री,

सम्माननीय सभामुख,

पूर्व उपराष्ट्रपतिज्यू,

माननीयमन्त्री,

माननीय सांसदहरु,

विशिष्टमहानुभावहरु,

कलाकर्मीहरु

भद्र महिलातथासज्जनवृन्द !

नेपाली महिलाका विशेष चाडहरु तीज तथा जीतीया पर्वका अवसरमा राष्ट्रपतिभवन, शीतलनिवासमा आयोजितयस साँस्कृतिक कार्यक्रममा सबैलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । औपचारिक रुपमा यीदुई पर्वहरु मनाउन केही दिन बाँकी नै भए पनि अग्रीमरुपमा तीज तथा जीतीया पर्वका अवसरमा स्वदेश तथा विदेशमा वसोवास गर्ने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हाम्रो देशमा मनाइने विभिन्न चाडपर्वहरुले हाम्रो संस्कृति, कला, भेषभूषा, गीत संगीतलाई समृद्ध तुल्याएको छ । नेपाली उर्वर माटोमा फुलेफलेका यी सबै चाडपर्व हाम्रा सुन्दर साँस्कृतिक धरोहरहरुले हामीलाई विविधताबीच सुदृढ एकता कायम भएको एउटै सुन्दर सुदृढ बगैँचा  बनाएको छ ।

यो विशेष प्रकारको मालाले राष्ट्रिय एकता, सामाजिक सद्भाव, भाइचारा र मित्रताको सुवास छरिरहेको छ र निरन्तर छरिरहनेछ भन्नेमाम पूर्णरुपले विश्वस्त छु । चाडपर्वका आफ्नै मौलिकता, मूल्य तथा मान्यताहरु छन् । बदलिएको परिवेशमा यी सबैका लागि उत्तिकै प्रेरणादायी बन्न सकुन् भन्नेमा हाम्रो ध्यान जानु पर्छ ।

नयाँ संविधान जारी भएपछि मुलुक नयाँ परिवेशमा प्रवेश गरेको छ । अब संविधानले मार्गदर्शन गरे बमोजिमको सामाजिक आर्थिक रुपान्तरण मार्फत समतामूलक, न्यायपूर्ण, सुखी, सम्पन्न र शान्त नेपाली समाज स्थापनागर्ने दिशामा सम्बद्ध सबै पक्ष कटिबद्ध हुनु आजको ज्वलन्त आवश्यकता हो ।

नेपाली समाजमा मनाइने चाडपर्वहरुले विगतको समीक्षा गर्दै कमीकमजोरीहरु हटाउन प्रण गर्ने तथा असल र महान कार्यका निम्ति दृढ संकल्प गर्ने प्रेरणा र मौका समेत प्रदानगर्ने भएकाले सबैलाई यसतर्फ अभिप्रेरित हुनकालागिविशेष आव्हान समेत गर्दछु ।

अन्त्यमा, यस अवसरमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुहुने सैनिक श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी परिवार महिला संघ र साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर परिवार लगायतयी संघ संस्थाकासबै कलाकारहरुलाई धन्यवाद दिन्छु ।

धन्यवाद !

२०७३ सालभाद्र ११ गते शनिवार