सम्माननीय राष्ट्रपतिज्यूसमक्ष त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुबाट भेट

आज मिति २०७३ साल पौष १४ गते बिहीबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुबाट भेट भयो । उक्त अवसरमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्रीज्यू, सहकुलपति एवम् माननीय शिक्षामन्त्रीज्यू, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यू तथा पदाधिकारीज्यूहरु लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थित रहेको थियो । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

“तमूल्होसार पर्व २०७३” का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

तमू गुरुङ्ग समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपाल धार्मिक-साँस्कृतिक रुपमा सम्पन्‍न र समृद्ध मुलुक हो। यहाँ रहेका विविध जात-जाति र तिनका मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदा आदि मुलुकका पहिचान हुन् जसले विश्‍वसामु नेपालको छुट्टै चिनारी गराएका छन् । ती सम्पदाको यथोचित संरक्षण र सम्बर्द्धन गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता, सामाजिक सद्‍भाव, सहिष्णुता एवम्  सामन्जस्यता कायम गर्ने हाम्रो साझा कर्तव्य बनेको छ । तमू गुरुङ्ग समुदायको यस पर्वले सबैमा उत्साह Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ पौष १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोग, नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । (कुल प्रसाद चुडाल) प्रवक्ता  

क्रिसमस डेको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्‍भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्‍न हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुबाट सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्‍जन र खुशी  साटासाट गर्ने अवसर जुटाई सामाजिक एकता, सद्‍भाव एवम्‍ धार्मिक सहिष्णुता कायम राख्‍न महत्वपूर्ण योगदान हुने छ । यस्ता चाडपर्वको अवसरमा कायम हुने एकता तथा सद्‍भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो । ईसाई धर्मावलम्बीहरुको यस पर्व मनाउनका लागि जसरी हामी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै यस पर्वले सबै Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष Dr. Sania Nishtar बाट शिष्टाचार भेट

आज मिति २०७३ साल पौष ७ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्व मन्त्री एवम् World Health Organization (WHO) को Director General पदका उम्मेदवार Dr. Sania Nishtar बाट शिष्टाचार भेट भयो । उक्त भेटमा नेपालका लागि पाकिस्तानका राजदूत समेतको उपस्थिति थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७३ साल पौष ७ गते बिहीबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको सम्वत् २०७३ साल मंसिर ५ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण प्रमाणीकरण मिति १. संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी विधेयक, २०७३ २०७३/९/७ (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि विभिन्न मुलुकका महामहिम राजदूतहरुद्वारा ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७३ साल पौष ६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा प्रधान सेनापति श्री राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका सचिव श्री भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव श्री शंकरदास वैरागी लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. लक्जेम्वर्ग H.E. Mr. Sam Andre Auguste Schreiner गैरआवासीय 2. गणतन्त्र इथिओपिया H.E Mr. Asfaw Dingamo Kame गैरआवासीय 3. ताजिकिस्तान H.E. Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मंगोलियाका परराष्ट्र मन्त्रीज्यूको नेतृत्वको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल पुस ४ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका मंगोलियाका परराष्ट्र मन्त्री H.E. Mr. Tsend Munkh-Orgil को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा नेपाल र मंगोलियाबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनिया कम्यूनिष्ट पार्टीका Member of Political Bureau and Secretariat of CPC को नेतृत्वको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल पुष ३ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका चीनिया कम्यूनिष्ट पार्टी (CPC) का Member of Political Bureau and Secretariat of CPC Central Committee and Chief of CPC publicity Department H.E. Mr. Liu Qibao (ल्यू छिपाओ) को नेतृत्वमा आएको टोलीले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा नेपाल र चीनबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । उक्त अवसरमा नेपालका लागि चीनका महामहिम राजदूत समेतको उपस्थिति रहेको थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता

उधौली पर्व २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

किराँत जातिहरुको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत जाति नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस प्रकारका चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्‍जन र खुसी  साटासाट गर्ने अवसर जुटाई आपसी सम्बन्ध सुमधुर बनाई सामाजिक एकता तथा सद्‍भाव   कायम राख्‍न महत्वपूर्ण योगदान पुर्‍याएका छन् । धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्‍न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्‍भावलाई दिगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मार्फत सम्पूर्ण Read More …