उधौली पर्व २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

किराँत जातिहरुको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत जाति नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस प्रकारका चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्‍जन र खुसी  साटासाट गर्ने अवसर जुटाई आपसी सम्बन्ध सुमधुर बनाई सामाजिक एकता तथा सद्‍भाव   कायम राख्‍न महत्वपूर्ण योगदान पुर्‍याएका छन् । धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्‍न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्‍भावलाई दिगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मार्फत सम्पूर्ण जनताको हक अधिकार सुनिश्चित गरी समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न यस महान पर्व उधौलीबाट सवैमा उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७३ मंसिर २८ गते मंगलबार ।