सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि विभिन्न मुलुकका महामहिम राजदूतहरुद्वारा ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७३ साल पौष ६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा प्रधान सेनापति श्री राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका सचिव श्री भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव श्री शंकरदास वैरागी लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
1. लक्जेम्वर्ग H.E. Mr. Sam Andre Auguste Schreiner गैरआवासीय
2. गणतन्त्र इथिओपिया H.E Mr. Asfaw Dingamo Kame गैरआवासीय
3. ताजिकिस्तान H.E. Mr. Mirzosharif JALOLOV गैरआवासीय

(कुल प्रसाद चुडाल)

प्रवक्ता