गैरआवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत श्री दान बहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र स्विट्जरल्यण्डका लागि नेपालका आवासीय राजदूत श्री राम प्रसाद सुवेदीलाई इटालीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल मङ्‌सिर १४ गते बिहीबार । (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता  

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू  संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने UN Framework Convention on Climate Change (UNFCCC) को २८औं Conference of Parties (COP28) मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन सम्वत् २०८० साल मङ्‌सिर १३ गते बुधबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८० साल मङ्‌सिर १३ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गुरुनानक जयन्तीको अवसरमा दिनुभएको सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ को जन्मजयन्ती हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमामा सिख धर्मावलम्बीहरूले भक्तिभावका साथ मनाउने गर्दछन् । उहाँले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिको विरूद्ध मानिसहरूलाई सचेत गराउन खेल्नुभएको भूमिका स्मरणीय छ । गुरुनानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्‌भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने मैले Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको अभियान, २०८० को अवसरमा दिनुभएको सन्देश

महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको अभियान, २०८० को शुभकामना सन्देश महिला हिंसा निर्मूलसम्बन्धी अन्तराष्ट्रिय दिवस (नोभेम्बर २५) तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान,२०८० को अवसरमा नेपाली दिदीबहिनीहरूले भोग्नुपरिरहेका विभिन्न प्रकारका समस्याबाट मुक्तिका साथै सुख, शान्ति र समृद्धको कामना गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान आजबाट सुरू भएको छ । यस अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले छठ पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व, २०८० को शुभकामना सन्देश छठ पर्व, २०८० को पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । सूर्य देवता र छठी माताको पूजा अर्चना यो पर्वको मुख्य विशेषता हो । यस पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा  पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ धुमधामसँग यो पर्व मनाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ । यसबाट धर्म Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल संवत् ११४४ को अवसरमा दिनुभएको सन्देश

नेपाल संवत् ११४४ को शुभकामना सन्देश ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत्‌ शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ । लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले तिहार पर्व, २०८० को अवसरमा दिनुभएको सन्देश

तिहार पर्व, २०८० को शुभकामना सन्देश नेपालीहरूको महान् चाड तिहार, २०८० को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको छ । यस्ता पर्वहरू मध्ये दसैँ / तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाँध्ने गरेको छ । बडा दसैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा तथा आराधना गरी Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनु भएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १३९औं फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधता बीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने Read More …

जनवादी गणतन्त्र चीनका Xizang Autonomous Region का Party Secretary बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष जनवादी गणतन्त्र चीनका Xizang Autonomous Region का Party Secretary H.E. Mr. Wang Junzheng ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले हालै जाजरकोट र रूकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै विपद् पश्चातको पुन:उत्थान र पुननिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको लागि प्रशंसा समेत गर्नुभयो। २०८० साल कात्तिक २३ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गणतन्त्र कोरियाका The Honourable Minister for Agriculture, Food and Rural Affairs नेतृत्वको प्रतिनिधिमण्डलबा शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष गणतन्त्र कोरियाका The Honourable Minister for Agriculture, Food and Rural Affairs H.E. Mr. Chung Hwang-Keun नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा अझ थप प्रगाढ हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो। साथै, उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया एक महत्त्वपूर्ण र विश्वासिलो साझेदारको रूपमा रहेको बताउँदै KOICA मार्फत नेपालले विभिन्न क्षेत्रमा प्राप्त गरेका प्राविधिक सहयोग र जनशक्ति विकासका लागि धन्यवाद ज्ञापन गर्नुभयो। २०८० साल कात्तिक १६ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता