गैरआवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत श्री दान बहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र स्विट्जरल्यण्डका लागि नेपालका आवासीय राजदूत श्री राम प्रसाद सुवेदीलाई इटालीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८० साल मङ्‌सिर १४ गते बिहीबार ।

(बसन्त प्रसाद पन्थी)

सहायक प्रवक्ता