प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बागमती प्रदेशका प्रमुख माननीय यादवचन्द्र शर्मा मिति २०८०/८/१६ देखि २०८०/८/२१ गतेसम्म मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरुङलाई तोक्नु भएको छ ।

२०८० साल मङ्‌सिर १५ गते शुक्रबार ।

 

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता