सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानी स‌ंसदका सदस्यहरुबाट शिष्टाचार भेट

आज मिति २०७४ साल साउन ११ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानी संसदका सदस्यहरु H.E. Ms. Hinako Takahashi र H.E. Ms. Yuko Nakagawa ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित जापानका महामहिम राजदूत एवम् नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरुबाट शपथ ग्रहण

आज मिति २०७४ साल साउन ११ गते बुधबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, माननीय उपप्रधानमन्त्रीहरु, माननीय मन्त्रीहरु, माननीय सांसदहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु  समेतको उपस्थिति थियो । तपसिल क्र.सं.    नामथर                                           कार्यविभाजन 1.        श्री गिरिराजमणि पोखरेल               Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल श्रावण १० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा काठमाडौं महानगरपालिका -१६, काठमाडौं निवासी श्री भरत बहादुर रायमाझीलाई स्पेनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (मोहन प्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधान न्यायाधीश पदमा नियुक्त

आज मिति २०७४ साल साउन २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतममाननीय न्यायाधीश श्री गोपाल पराजुलीज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा आजै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुलीज्यूले आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय सभामुखज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, न्यायपरिषदका माननीय सदस्यहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो । Read More …

सूचनाको हक सम्बन्धी प्रकाशन गरिएको विवरण

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको विवरण सूचना सार्वजनिक गर्ने निकायको नामः राष्ट्रपतिको कार्यालय, शीतल निवास, महाराजगञ्ज । सूचना सार्वजनिक गरेको अवधिः वि.सं. २०७४ साल बैशाख १ देखि असार मसान्तसम्म । राष्ट्रपतिको कार्यालयको स्वरुप र प्रकृतिः नेपालको संविधानको भाग ६ धारा ६१ बमोजिम नेपालमा राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिको व्यवस्था गरेको र धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय रहने व्यवस्था छ । सम्माननीय राष्ट्रपतिको प्रशासनिक सचिवालयको रुपमा वि.सं. २०६५ साल असार ३० गते स्थापित यस कार्यालयले सम्माननीय राष्ट्रपतिसँग सम्वन्धित विभिन्न कार्यक्रमहरु र समारोहको प्रशासनिक समन्वय, Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल असार ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । सि.नं‌. विवरण १. विनियोजन विधेयक, २०७४ २. राष्ट्र ऋण उठाउने विधेयक, २०७४   (प्रल्हादप्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका Parliamentary Vice-Minister for Foreign Affairs बाट शिष्टाचार भेट

आज मिति २०७४ साल असार २७ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानका Parliamentary Vice-Minister for Foreign Affairs Mr. Kiyoshi ODAWARA ले शिष्टाचार  भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित जापानका महामहिम राजदूत एवम् नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । (मोहनप्रसाद वाग्ले) प्रवक्ता