सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल असार ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

सि.नं‌. विवरण
१. विनियोजन विधेयक, २०७४
२. राष्ट्र ऋण उठाउने विधेयक, २०७४

 

(प्रल्हादप्रसाद पुडासैनी)

सहायक प्रवक्ता