सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका Parliamentary Vice-Minister for Foreign Affairs बाट शिष्टाचार भेट

आज मिति २०७४ साल असार २७ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका जापानका Parliamentary Vice-Minister for Foreign Affairs Mr. Kiyoshi ODAWARA ले शिष्टाचार  भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपालस्थित जापानका महामहिम राजदूत एवम् नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता