सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल चैत्र १५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५ २ लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष म्यानमारका Union Minister for Investment and Foreign Economic Relations बाट शिष्टाचार भेट

आज मिति २०७५ साल चैत 15 गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष म्यानमारका Union Minister for Investment and Foreign Economic Relations, H.E.  U Thaung Tun ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा म्यानमार सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष म्यानमारका Union Minister बाट शिष्टाचार भेट

आज मिति २०७५ साल चैत १५ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष म्यानमारका Union Minister for Investment and Foreign Economic Relations, H.E.  U Thaung Tun ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा म्यानमार सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । २०७५ साल चैत १५ गते शुक्रबार (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल चैत्र १३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ सार्वजनिक-निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २ विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ ३ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट संवैधानिक परिषद्को सिफारिसमा आयोगका लागि अध्यक्ष पदमा नियुक्त

आज मिति २०७५ साल चैत्र ७ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई तपसिल बमोजिमको निकायका लागि अध्यक्ष पदमा नियुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नामथर निकाय 1 श्री बालानन्द पौडेल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग 2 डा. शान्तराज सुवेदी राष्ट्रिय समावेशी आयोग 3 डा. विजयकुमार दत्त मधेशी आयोग 4 श्री बिष्णुप्रसाद चौधरी थारु आयोग 5 श्री समिम मिँया अन्सारी मुस्लिम आयोग साथै, आजै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.ज्यू समक्ष नवनियुक्त अध्यक्षहरुले आ-आफ्नो अध्यक्ष पदको, पद तथा गोपनीयताको Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट फागुपूर्णिमा (होली) पर्व, २०७५ का अवसरमा ब्यक्त शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७५ को शुभकामना सन्देश नेपालीहरुको महान पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुसी र हर्षोल्लासपूर्वक रंगहरुमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको छ । यस वर्ष चैत्र ६ र ७ गते गरी नेपालभर मनार्इने यस पर्वले सबै नेपालीहरुबीच सामाजिक सद्‌भाव, सहिष्णुता एवम् राष्ट्रिय एकता अक्षुण्ण राख्‍न सघाउ पुगोस् भन्ने कामना गर्दछु । हाम्रा यस्ता पर्वहरुले नेपालको मौलिक पहिचान स्थापित गराउदै सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक संमृद्धि हासिल गर्न टेवा पुग्दछ भन्ने मेरो विश्वास छ । Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल चैत्र ४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २ भुक्तानी तथा फर्स्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल चैत ४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. नाइजेरिया H.E. Maj. Gen. Chris Sunday Eze (Rtd) गैरआवासीय 2. स्लोभाक गणतन्त्र H. E. Ivan Lančarič गैरआवासीय 3. नेदरल्याण्ड H.E. Mr. Marten Cornelis Van Den Berg गैरआवासीय 4. भियतनाम H.E. Mr. Pham Read More …

सम्माननीय राष्ट्रपतिज्यू न्यूयोर्कको औपचारिक भ्रमण सम्पन्‍न गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  संयुक्त राष्ट्र संघको ७३औं महासभाका महामहिम अध्यक्षको निमन्त्रणामा महिलाहरुको अवस्थासम्बन्धी आयोग (Commission on Status of Women) को ६३औं अधिवेशनमा हुने ‘Women in Power’ विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुन मिति २०७५ साल फागुन २६ गते आइतबार औपचारिक भ्रमणको सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण सम्पन्‍न गरी आज मिति २०७५ साल चैत्र १ गते शुक्रबार स्वदेश फर्कनु भयो । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संयुक्त राष्ट्र संघको ७३औं महासभाका महामहिम अध्यक्षको निमन्त्रणामा महिलाहरुको अवस्थासम्बन्धी आयोग (Commission on Status of Women) को ६३औं अधिवेशनको सिलसिलामा हुने ‘Women in Power’ विषयक उच्च स्तरीय कार्यक्रममा सहभागी हुन सम्वत् २०७५ साल फागुन २६ गते आइतबारका दिन औपचारिक भ्रमणको सिलसिलामा संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, न्यूयोर्कतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ । (छविन्द्र पराजुली) प्रवक्ता