सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “अन्तर्राष्ट्रिय महिला दिवस, २०१९” को अवसरमा व्यक्त शुभकामना सन्देश

“अन्तर्राष्ट्रिय महिला दिवस, २०१९“ को शुभकामना सन्देश १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु । “लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार: समृद्धिको आधार” भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फि विकास र शसक्तिकरण अतिआवश्यक छ भन्ने सन्देश दिइरहेको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तिकरण र लैङ्गिक समानतालार्इ प्राथमिकताका साथ उठाएको छ । नेपालको संविधानले पनि महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न नीतिगत, Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट “ग्याल्बो ल्होसार, २०७५” को अवसरमा व्यक्त शुभकामना सन्देश

   “ग्याल्बो ल्होसार, २०७५” को शुभकामना सन्देश फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन शेर्पा लगायत महायानी बौद्ध धर्मावलम्बीहरूले मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने महायानी बौद्ध धर्माबलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा घर सरसफार्इ गर्ने, नयाँ कपडा लगाउने, नौ प्रकारका अन्न मिसाएको खाना गुथुकको मिठो परिकार खाने तथा पूजा गरी सगुन वितरणका साथ शुभकामना आदान-प्रदान गरी मनाउने चलन छ । विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्वहरू हाम्रा साझा सम्पति हुन् । यसले नेपाली-नेपाली बीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउन’का साथै एक-अर्काको संस्कृतिको सम्मान गर्दै आपसी एकता, सद्‍भाव Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल फागुन २१ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोग, नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जर्मन संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुबाट शिष्टाचार भेट

आज मिति २०७५ साल फागुन २१ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष Mr. Tobias Pfluger नेतृत्वको जर्मन संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालका लागि जर्मनीका महामहिम राजदूत समेतको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७५ साल फागुन १९ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम 1 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ 2 नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५   (छविन्द्र पराजुली) प्रवक्ता