सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल फागुन २१ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोग, नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता