सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जर्मन संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुबाट शिष्टाचार भेट

आज मिति २०७५ साल फागुन २१ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष Mr. Tobias Pfluger नेतृत्वको जर्मन संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुबाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालका लागि जर्मनीका महामहिम राजदूत समेतको उपस्थिति थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता